काठमाडौं, ९ असोज। राष्टिय स्तरको बाणिज्य बैंक मेगा बैंकले गण्डकी विकास बैंक प्राप्ती गर्ने भएको छ। बुधवार साँझ प्राप्तिका लागि दुबै बैंकबीच सैद्धान्तिक सहमति भएको छ।
सहमतिपत्रमा मेगाका अध्यक्ष भोजबहादुर शाह र गण्डकीका अध्यक्ष शुशील गौचनले हस्ताक्षर गर्नुभएको छ ।
यो प्राप्तीपछि बैंकको पुँजी, व्यवसायको आकारका साथसाथै शाखा सञ्चालनमा ठूलो वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगाका अध्यक्ष शाहले बताउनुभयो।
वाणिज्य बैंकसँग मर्जरका लागि प्रयास गरेपनि सहमति हुन नसकेपछि मेगाले विभिन्न विकास बैंकसँग कुराकानी गरेको थियो। दुई साता अघि मेगा बैंकका अध्यक्ष शाह र गण्डकी विकास बैंकका संचालकबीच भएको वार्ता सहमतिमा पुगेपछि दुवैबैंकका वीचमा आपसमा गाभ्ने गाभिने सहमति भएको हो ।
गण्डकीको केन्द्रीय कार्यालय पोखरामा छ ।


















