Prakash Adhikari October 4, 2019

 

लण्डन(संयुक्त अधिराज्य), १७ असोज । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने इंग्ल्याण्डमा आयोजना हुने ‘द हन्ड्रेड’ प्रतियोगिताको ड्राफ्टमा परेका छन्।

पहिलो पटक आयोजना हुन लागेको यो शैलीको प्रतियोगिता १०० बलको इनिंगमा खेलिनेछ।

यो ड्राफ्टमा नेपाली बलर सन्दीप लगायत १ सय ६५ विदेशी खेलाडीहरु रहेका छन्।

Grid depicting how the main draft will work for The HundredGrid depicting how the main draft will work for The HundredGrid depicting how the main draft will work for The HundredGrid depicting how the main draft will work for The HundredGrid depicting how the main draft will work for The Hundred

यस प्रतियोगितामा खेल्ने शीर्ष खेलाडीहरुको नाम मंगलबार नै सार्वजनिक भएको छ जसमा राशिद खान, क्रिस गेल, डेभिड वार्नर, एरोन फिन्च, बाबार आजम रहेका छन्।

प्रतियोगितामा नेपाल सहित ११ बिभिन्न देशबाट खेलाडीहरु खेल्नेछन्। खेलाडी छनौट गर्न अक्टोबर २० मा खेलाडी चयन हुनेछन्।

प्रतियोगितामा कुल ८ वटा टीमहरु सहभागी हुनेछन्।

प्रतियोगितामा ड्राफ्टमा सबैभन्दा बढी मूल्य १ लाख ५५ हजार डलर रहेको छ। यो श्रेणीका खेलाडीहरुका स्टिभ स्मिथ, मिचेल स्टार्क, डेभिड वार्नर, क्विन्टन डे कक, लुंगी एनगीडी, कागिसो रबाडा, लासिथ मालिंगा, क्रिस गेल रहेका छन्।

त्यसपछिको दोस्रो श्रेणीका खेलाडीलाई १ लाख ४ हजार डलर पारिश्रमिक तोकिएको छ। यो सूचीमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने पनि रहेका छन्। खेलाडी चयनको समयमा कुनै टीमले लिएमा उनले नेपाली रुपैयाँ करिब १ करोड २० लाख रुपैयाँ पाउनेछन्। सन्दीप संगै यो सूचीमा हरभजन सिंह, आन्द्रे रसेल, ग्लेन म्याक्स्वेल, राशिद खान, शाकिब अल हसन, तमिम इकबाल, शाहिद अफ्रिदी, ड्वेन ब्राभो, सुनिल नारायण, काइरन पोलार्ड रहेका छन्।

यो तहको उच्च पारिश्रमिक पाउने खेलको ड््राफ्टमा नेपाली खेलाडी परेको यो पहिलो पटक हो । अष्ट्र्रेलियाको बिग ब्यास लिगमा भएको यो सिजनको संझौतामा उनले मेलबर्न स्टारसंग १ करोड भन्दा बढी मूल्यमा सहमति गरेको बताईएको छ।

नेपाल बाहिरको पहिलो ब्यवसायिक लिगमा स्थान पाएको भारतको चर्चित आइपीएलमा सन्दीपले प्रत्येक सिजनको लागि २० लाख भारतीय रुपैयाँमा ३ सिजनको अनुबन्ध गरेका थिए।

बिश्वभर टि २० लिगहरुको आयोजना भइरहेका कारण क्रिकेटमा नयाँ दर्शक भित्र्याउन इंग्ल्याण्ड क्रिकेट बोर्डले १०० बल क्रिकेटको अबधारणा ल्याएको जनाएको छ।

हन्ड्र्ेडको अन्य श्रेणीमा ९३ हजार डलर, ६२ हजार र ३७ हजार रहेका छन् जसमा ९३ हजार डलरको श्रेणीमा डेल स्टेन, बाबर आजम, मार्कस स्टोइनिस, मोहम्मद हफिज, निओलास पुरन, मार्टिन गुप्टिल, फाहिम अशरफ, शाहिन अफ्रिदी छन भने ६२ हजार डलरको वर्गीकरणमा थिसारा परेरा, एलेक्स केरे, लेन्डल सिमोन्स, शिमरन हेत्मायर, ड्यार्सी सर्ट, इभिन लुइस, मिचेल स्यान्टनर रहेका छन् । ३७ हजार डलरको श्रेणीमा भने क्रिस ग्रिन, एस्टन टर्नर, फाबियन एलेन, एडम मिल्ने परेका छन् ।

नेपाली क्रिकेट स्टार सन्दीप विदेशी लिगहरुमा पहिलो र दोस्रो श्रेणीको चयनमा पर्दै आएका छन् । जारी रहेको क्यारेबियन प्रिमियर लिगको प्रतियोगितामा उनलाई जसमा उनलाई बार्बेडोस ट्र्ेडियन्टले ७० हजार डलर पारिश्रमिकमा लिएको थियो । उनलाई लिगले सन २०१८ को प्रतियोगिताा ५ हजार डलर तथा ग्लोबल टि २० लिग क्यानडामा २०१९ को लिगमा ४० हजार डलरमा लिएको थियो । उनले गतबर्ष अफगानिस्तान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टी १० लिगमा ३० हजार डलर पारिश्रमिक पाएका थिए ।पाकिस्तान प्रिमियर लिग र बंगलादेश प्रिमियर लिगमा पनि खेल्ने मौका पाएका सन्दीपको पारिश्रमिक सार्वजनिक नभए पनि उनले सबै खेलमा राम्रो विकेट लिएर नेपाल र नेपाली क्रिकेट खेलको नाम उचो राखेका थिए । जुन क्रम अझै जारी छ ।

Share Now

Leave a comment.