Prakash Adhikari October 11, 2019

स्टकहोम(स्वीडेन) र(ओस्लो) नर्वेे,२४ असोज (बीबीसी) । पोलिस लेखक ओल्गा तोकाचुक र अस्ट्रियन नाट्यकार पिटर हान्क दुवै जनालाई साहित्यतर्फको नोबल पुरस्कार प्रदान गरिने भएको छ।

उनको पुस्ताको नेतृत्वदायी उपन्यासकार भनेर चिनिने तोकाचुकलाई सन् २०१८ को पुरस्कार प्रदान गर्न लागिएको हो।

पुरस्कार प्रदान गर्ने द स्विडिश अक्याडमीमा भएको एउटा आर्थिक र यौन उत्पीडनसम्बन्धी विवादका कारण यस वर्षसम्मका लागि स्थगित गरिएको थियो।

सन् २०१९ को साहित्यतर्फको नोबल पुरस्कार भने पिटर हान्कले पाउनेछन्।

विशेषता
अक्याडमीले जनाए अनुसार ७६ वर्षीय अस्ट्रियन नाट्यकार सरल भाषामा मानव अनुभवको परिधिलाई उजागर गर्न सिपालु मानिन्छन्।

आफ्नो समयका व्यावसायिक रूपमा अत्यधिक सफल लेखकमा गनिने ५७ वर्षीय पोलिस लेखक तोकाचु‌कले जीवनको परिधिहरूभन्दा माथि गएर कथात्मक परिकल्पना गर्न सक्ने उनको क्षमताको आधारमा पुरस्कार दिइएको बताइएको छ।

उनलाई गत वर्ष म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार पनि दिइएको थियो।

अक्याडमीकी एक सदस्य कट्रीना फ्रास्टेसनका पति ज्याँ क्लाँ अर्नाविरुद्ध यौन उत्पीडनको आरोप लागेपछि गत वर्षको साहित्य पुरस्कार स्थगित गरिएको थियो।

बलात्कारको सो अभियोगमा दोषी प्रमाणित भएपछि उनलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो।

 भौतिक विज्ञानतर्फ : जेम्स् पिबल्स, डिडे क्वेलो र माइकल मेयरलाई 

Image captionजेम्स् पिबल्स, डिडे क्वेलो र माइकल मेयर

ब्रह्माण्डको उत्पत्तिसँग सम्बन्धित नयाँ तथ्य पत्ता लगाउने तीनजना वैज्ञानिकलाई सन् २०१९ को भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार दिइने भएको छ।

ब्रह्माण्डका विषयमा महत्त्वपूर्ण तथ्य पत्ता लगाउने क्यानडाली-अमेरिकी जेम्स् पिबल्ससँगै स्वीट्जरल्याण्डका माइकल मेयर र डिडे क्वेलो यस वर्षका भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार विजेता भएको घोषणा स्टकहोममा आयोजित समारोहमा घोषणा गरिएको हो।

उनीहरूलाई ब्रह्माण्डको उत्पत्तिसँग सम्बन्धित कार्य र सूर्यजस्तै देखिने एक तारा वरिपरि घुम्ने निकै टाढा अवस्थित ग्रह सन् १९९५ मा पत्ता लगाएकोमा संयुक्त रूपमा त्यो पुरस्कार दिने घोषणा गरिएको हो।

तीन विजेताहरूले ९० लाख स्वीडिश क्रोनर (झन्डै १० करोड नेपाली रुपैयाँ) पाउनेछन्।

घोषणापछि प्रतिक्रिया दिँदै प्रोफेसर क्वेलोले बीबीसी न्यूजसँग भने, “यो अविश्वसनीय हो। २५ वर्षअघि हामीले नयाँ तथ्य पत्ता लगाएपछि नै सबैले भन्ने गर्दथे ‘यो त नोबेल पुरस्कार पाउनयोग्य खोज हो।’ त्यसपछि मैले भन्ने गर्थेँ, ‘ए हो, हो हुनसक्छ शायद।'”

क्रान्ति

त्यसपछिका वर्षहरूमा उनले आफ्नो खोजको विषय लगभग बिर्सिसकेका थिए।

“अहिले म निकै आश्चर्यचकित भएको छु। म यो पुरस्कारको अर्थ के हो भनेर खुट्ट्याउने प्रयत्न गरिरहेको छु।”नोबेल

तस्वीर कपीराइटESO / M KORNMESSER

ती तीन वैज्ञानिककको खोजले खगोलविज्ञानमा नयाँ उपकरणको प्रयोग र ग्रहको उत्पत्तिका बारेमा नयाँ क्रान्तिको बीजारोपण गरिदिएको बताइएको छ।

चिकित्सा तर्फको पुरस्कार: विलियम काएलिन, सर पिटर र्‍याट्क्लिफ र ग्रेग सिमेन्जा

नोबल

तस्वीर कपीराइटGETTY IMAGES

कोषहरूले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अङ्गीकार गर्छन् भन्ने कुरा पत्ता लगाएका तीन वैज्ञानिकले संयुक्त रूपमा सन् २०१९ को चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार प्रदान गरिने भएको छ।

पुरस्कार पाउनेमा ब्रिटेनका सर पिटर र्‍याट्क्लिफ र संयुक्त राज्य अमेरिकाका विलियम काएलिन एवम् ग्रेग सिमेन्जा छन्।

उनीहरूको खोजले हाम्रो दैनिक शारीरिक अभ्यासदेखि धेरै उचाइमा हुँदा तथा आमाको गर्भमा हुँदा हुने विभिन्न प्रक्रियालाई समेटेको छ।

उनीहरूको अनुसन्धानले रक्तअल्पता र क्यान्सरको उपचारको नयाँ विधिमा पनि सहयोग पुर्‍याएको छ।

द स्विडिश अक्याडमीले भनेको छ, “अक्सिजनको मूलभूत महत्त्वलाई शताब्दियौँदेखि बुझिँदै आएको छ, तर अक्सिजनको मात्रामा हुने परिवर्तनहरूलाई कोषहरूले कसरी चिन्छन् भन्ने कुरा अहिलेसम्म थाहा थिएन।”

यसअघि कसले पाएका थिए?

नोबल
तस्वीर कपीराइटALBERT AND MARY LASKER FOUNDATION
यस वर्षका विजेता: विलियम काएलिन, सर पिटर र्‍याट्क्लिफ र ग्रेग सिमेन्जा

२०१८ – जेम्स पी एलिसन र तासुकु होन्जोको। शरीरको रोगप्रतिरोधी क्षमताको प्रयोग गरेर क्यान्सरको उपचारविधि पत्ता लगाएकाले

२०१७ – जेफ्री हल, माइकल रोस्ब्याश र माइकल यङ्। शरीरले कसरी सर्कीडीअन रिदम अर्थात् ‘जैविक घडी’ कायम राख्छ भन्ने अनुसन्धानका लागि

२०१६ – योशिनोरी ओहसुमी। विकार पुनर्प्रयोग गरेर कोषहरू कसरी स्वस्थ रहन्छन् भनेर पत्ता लगाउने अनुसन्धानका लागि

२०१५ – विलियम सी क्याम्पबेल, सातोशी ओमुरा र यूयू टू। परजीवी नियन्त्रण गर्ने औषधिका लागि

२०१४: जन ओ’कीफ, मे-ब्रिट मोजर र एड्वार्ड मोजर। मस्तिष्कको परिगमन प्रणाली पत्ता लगाउने अनुसन्धानका लागि

२०१३ – जेम्स रथ्म्यान, र्‍यान्डी शेक्म्यान र थोमास स्युड्होफ। कोषले कसरी पदार्थहरू परिवहन गर्छन् भने अनुसन्धानका लागि

२०१२: जन गर्डन र शिन्या यामानाका। कोषलाई स्टेम सेल बनाउन सफल भएकोमा

रसायन शास्त्रमा ओहन वी गुडइनफ,एम स्टनले ह्वीटिड.घम र अकिरा याशिनोलाई

nobel prize winners 2019को लागि तस्बिर परिणाम

ओहन वी गुडइनफ,एम स्टनले ह्वीटिड.घम र अकिरा याशिनो

यस बर्षको रसायनशास्त्रतर्फको नोबल पुरस्कार पुन चार्ज गर्न मिल्ने हल्का लिथियम ब्याट्र्ीको अनुसन्धान र विकासमा क्रियाशील तीन बैज्ञानिकलाई दिइएको छ ।

नोबल पुरस्कारबाट सम्मानित हुने वैज्ञानिकहरुमा अस्टिनको टेक्सास विश्वविद्यालयका ९७ बर्षीय जोन बी गुडइनफ,न्यूयोर्कको ब्रमिड.टन विश्वविद्यालयका एम स्टानले विटिडघम र जापानको नायोगास्थित मेइजो विश्वविद्यालय तथा आशाही कसेइ कर्पोरेशनमा कार्यरत अकिरा योशिनो छन् । गड इनफ नोबल पुरस्कारबाट सम्मानित हुने सबैभन्दा पाका उमेरका वैज्ञानिक पनि हुन् ।

a diagram showing the first lithium-based rechargeable battery

Goodenough's battery design diagrammed

Akira Yoshino's battery diagrammed

Share Now

Leave a comment.