काठमाडौं,२८ असोज । अजोड इन्स्योरेन्स लिमिटेडले ३० लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गर्ने तयारी गरेको छ ।
अजोडले प्रति शेयर एक सय रुपैयाका दरले साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले मंगलबार हस्ताक्षर गर्नुभएको छ ।
अजोड इन्स्योरेन्स लिमिटेडको अधिकृत पूँजी १ अर्व, जारी पूँजी १ अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व हुनेछ ।


















