Prakash Adhikari October 18, 2019

 

कीर्तिपुर(काठमाडौं),१ कार्तिक । नेपालको पहिलो महिला क्रिकेट लिग प्रतियोगिता अन्तरगत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजले ललितपुर फाल्कोन्सलाई ८९ रनले पराजित गरेको छ ।

किर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ गुमाएर १सय ३५ रन बनाएको थियो ।

चितवनका लागि ऋतु कनोजियाले ५८ रन, प्रिया चौधरीले अविजित २२ रन, काजोल श्रेष्ठले १५ तथा इन्दु बर्माले १० रनको योगदान दिए।

चितवनलार्ई रोक्ने क्रममा ललितपुरकी नेरी थापाले २ विकेट लिईन् ।

१ सय ३६ रनको लक्ष्य लिएको ललितपुर फाल्कोन्स १६।२ ओभरमा अलआउट भयो ।

ललितपुरका उसकी एक मात्र खेलाडीले दोहोरो अंक जोड्न सकिन । कप्तान नेरी थापाले सर्वाधिक १७ रन बनाउनु बाहेक अन्य खेलाडी एकल अंकको योगफलमै आउट भए ।

तीन रनमा पहिलो विकेट गुमाएको ललितपुरले १९ रन जोड्दा पाँच विकेट खेर फालेको थियो ।उसले स्कोरबोर्डमा ४३ रन बनाउँदा आठ विकेट खेर फाल्यो ।

ललितपुर ५६ रनमा अलआउट भयो ।

ललितपुरलाई कम स्कोरमा रोक्न चितवनकी कबिता गौतमले ३ विकेट लिइन ।

जारी प्रतियोगितामा यो चितवनको लगातार दोस्रो जित हो भने यता ललितपुरको लगातार दोस्रो हार हो ।

Share Now

Leave a comment.