Prakash Adhikari October 18, 2019

काबुल(अफगानिस्तान),१ कार्तिक(बीबीसी) ।अफगानिस्तानका एकजना प्रान्तीय प्रवक्ताले एउटा मस्जिदमा भएको विस्फोटनमा कम्तीमा ६२ जनाको मृत्यु भएको बताएका छन्।

मस्जिदको छत नै खस्नेगरी देशको पूर्वमा पर्ने नन्गाहरमा भएको उक्त विस्फोटमा कैयौँ घाइते भएका छन्।

उक्त हमला कसले गरेको भन्ने अझै स्पष्ट भएको छैन।

तर उक्त क्षेत्रमा तालिबान र इस्लामिक स्टेट दुवै समूह सक्रिय छन्।

प्रार्थनास्थल
संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा हिंसाको स्तर अस्वीकार्य भएको जनाएको भोलिपल्ट यो विस्फोट भएको हो।

राष्ट्रसङ्घका अनुसार जुलाई र सेप्टेम्बरको बीचमा अफगानिस्तानमा ज्यान गुमाउने गैरसैनिकको सङ्ख्या ११ सय ७४ थियो।

जुलाई एक दशकयताकै सबैभन्दा खतरनाक महिना बनेको थियो।

बीबीसीले अगस्ट महिनामा भएका प्रत्येक हत्याको अभिलेख राख्ने प्रयास गरेको थियो र त्यसक्रममा द्वन्द्वमा ज्यान गुमाउनेमध्ये पाँचमध्ये एकजना गैरसैनिक रहेको खुलेको थिए।

प्रान्तीय प्रवक्ता अताउल्लाह खोग्यानीले विस्फोटनका कारण प्रार्थाना गर्न जम्मा भएका थप ३६ जना घाइते भएको बताए।

अफगान
प्रान्तीय राजधानी जलालाबाददेखि ५० किलोमिटर टाढा हास्का मिना भन्ने जिल्लामा उक्त मस्जिद छ।

प्रत्यक्षदर्शीहरूले मस्जिदको छत खस्नुअघि ठूलो आवाजसहितको विस्फोटन सुनेको बताएका छन्।

 

Share Now

Leave a comment.