Prakash Adhikari October 19, 2019

कीर्तिपुर(काठमाडौं),२ कार्तिक । नेपालको पहिलो महिला च्याम्पियन्स लिग टि–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले पोखरा पल्टनलाई पराजित गरेको छ ।

शनिवार त्रिुभवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा चितवन राइनोजले पोखरा पल्टनलाई सात विकेटले पराजित गरेको हो ।

खेलमा पहिले ब्याटिड.गर्दै पोखरा पल्टनले दिएको १ सय २८ रनको लक्ष्य चितवनले १८.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो् ।

चितवनको जितमा काजोल श्रेष्ठले ५१ रनको योगदान दिइन् । कञ्चनले २९ रन बनाइन् । त्यस्तै इन्दु बर्माले २४ रन जोडिन् ।

चितवनलार्ई रोक्ने क्रममा पोखरा पल्टनकी अञ्जली चन्दले २ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको पोखराले २० ओभरमा ५ विकेट गुमाउँदै १सय २७ रन बनाएको थियो ।

पोखरका लागि कप्तान सिता रानामगरले अर्धशतकसहित सर्वाधिक ६५ रन, रेवति धामी ४ रन, रुवी पोद्दारले १ रन, शिला क्षेत्रीले ३ रन,कविता कुँवर १५ रन , अञ्जली चन्दले ४ रन र मन्जु बोगटीले २४ रनको योगदान दिए ।

पोखरालाई रोक्ने क्रममा चितवनका लागि ४ ओभर बलिङ गरेकी कविता गौतमले २ तथा रेखा रावलले १ विकेट लिए ।

यो खेलको नतिजासहित चितवन राइनोज प्लेअफमा पुग्न सफल भएको छ भने पोखरा पल्टनको यात्रा पहिलो चरणमा नै टुंगिने अवस्था सिर्जना भएको छ ।

Share Now

Leave a comment.