Prakash Adhikari October 20, 2019

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभाका निवर्तमान सभामुख सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

आइतबार थुनछेक बहसका लागि अदालत लगिदा उहाँले त्यहाँ लिखित बयान पेश गरेपछि अदालतको ३१ न। इजलासले यस्तो आदेश दिएको हो ।

आइतबार दिनभर सरकारी वकिल कार्यालयमा उहाँको बयान लिएपछि अदालतमा साँझ पेश गरिएको थियो । उहाँको लिखित बयान प्राप्त गरेको २० मिनेटपछि साँझ ६ः२० मा अदालतले थप ५ दिन उहाँलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा रहनुभएका निवर्तमान सभामुखको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

संसद सचिवालयमा कार्यरत महिलामाथि यौन दूराचार गरको आरोपमा जाहेरी परेपछि १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाट पक्राउ गरी प्रहरीले उहाँमाथि अनुसन्धान थालेको हो ।

पक्राउ परेपछि हिराशतको बास छल्न विरामीको बहानामा अस्पताल जाने र बयान पनि स्वास्थ्यकै कारण देखाउदै सार्ने भीआइपी शैली उहाँले पनि अपनाउनुभएको छ ।

Share Now

Leave a comment.