Prakash Adhikari October 20, 2019

काठमाडौँ,  ३ कार्तिक  ।  सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त हुनुभएको छ ।

शुक्रबार बसेको संचालक समितिको ३१६औं बैठकले श्रेष्ठलाई कात्तिक १ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका श्रेष्ठ स्थापनाकालदेखि नै बैंकमा आवद्ध हुनुहुन्छ ।  उहाँ  बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत  हुनुहुन्छ ।।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८४ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिब चारलाख ग्राहकलाई बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Share Now

Leave a comment.