Prakash Adhikari October 24, 2019

 

काठमाडौं, ७ कार्तिक । भ्रष्टाचारका विभिन्न मुद्दामा अख्तियारद्धारा अभियोजित ८ जना कानून व्यवसायीको लाइसेन्स कानून व्यवसायी परिषद्ले खारेज गरिदिएको छ।

निलम्बनमा पर्नेहरू सुरेन्द्र प्रसाद कोइराला (लाइसेन्स नम्बर ६७५४), ताराप्रकाश पौडेल (१८७५), बाबुराम शर्मा रेग्मी (१३३३७), योगेन्द्र पोखरेल (१३२५५), हरि न्यौपाने (१०३२४), प्रेमसिंह धामी (८१८२), जगदेव चौधरी (७७५७), चन्द्र प्रसाद खनाल (८७६३) छन्।

भ्रष्टाचारका विभिन्न मुद्दामा अख्तियारले अभियोग लगाएको पत्र काटेपछि परिषदले उनीहरूलाई निलम्बन गरिएको जनाएको छ ।

परिषद्ले जारी गरेको सूचनामा भनिएको छ, अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट विशेष अदालतबाट भ्रष्टाचार मुद्दा दायर हुन आएकोले सम्बन्धित कानुन व्यवसायी संलग्न मुद्दा किनारा नभएसम्मका लागि कानुन व्यवसायीको आचारसंहिता अनुसार उनीहरूलाई निलम्बन गरिएको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Share Now

Leave a comment.