Prakash Adhikari October 27, 2019

 

काठमाडौँ,१० कार्तिक । हिमालयन एअरलाइन्सले आजदेखि काठमाडौंबाट सीधै चीनको राजधानी बेइजिङ हवाई उडान आरम्भ गरेको छ ।

नेपाली र चिनियाँ लगानीकर्ताहरुको संयुक्त लगानीमा ५ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले चीनले हालै सञ्चालनमा ल्याएको बेइजिड.को डाक्सिङ विमानस्थलमा पहिलो व्यावसायिक उडान थालनी गरेको हो ।

हिमालयन एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले दिनुभएको जानकारी अनुसार ६५ जना यात्रु बाकेर पहिलो उडान एच९६६५ आइतबार बिहान बेइजिङ उडेको छ । जहाज राति पौने १० बजे काठमाडौं फर्किने तालिका छ । फर्किँदा करिब जना यात्रुको टिकट बुकिड. भैसकेको हिमायलकी मार्केटिङ हेड उज्वला दलीले बताउनुभएको छ । यो रुटमा ७० प्रतिशत यात्रु पर्यटक हुने हिमालयले जनाएको छ ।

हिमालयनले सातामा तीन दिन आइतबार, मंगलबार र शुक्रबार उडान गर्ने तालिका छ । यो रुटमा एकतर्फी न्यूनतम भाडा दर २४ हजार रुपैयाँ छ ।

‘हिमालयअघि नेपाल वायुसेवा निगमले चीनको सांघाई र ल्हासामा उडान गरेको थियो । निगमले ०४६ अघि केही महिना ल्हासामा उडान गरेको थियो भने बोइड. ७५७ बाट काठमाडौं(सांघाई ओासाका(संघाई काठमाडौ उडान १२ वर्ष गरेको थियो ।

नेपालले चीनका ७ वटा सहरमा सिधा उडान गर्ने हवाई सम्झौता गरेको २ दशक बढी भए पनि चीनको राजधानी बेइजिङमा सिधा व्यावसायिक उडान भएको थिएन । हिमालयन नियमितमा मात्र हैन चार्टड उडानमा पनि बेइजिड. पुग्ने पहिलो नेपाली एयरलायन्स हो । यसले ४ वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि मण्डललाई चार्टर उडानमा बेइजिङ पुर्‍याएको थियो ।

हिमालयको एयरबस ३२० लाई काठमाडौं बेइजिङ रुटमा एकतर्फी उडान समय करिब साढे ५ घन्टा लाग्छ । यो सेरिजका ३ वटा यो १ सय ५८ सिट क्षमताका जहाज भएको हिमालयनले एक जहाज भियतनामको ब्याम्बो एयरलाई भाडामा दिइएको छ । बेइजिड. उडान नियमित गर्न एअरलाइन्सले उक्त विमान एक महिनाभित्र फिर्ता ल्याउने तयारी गरेको छ ।

काठमाडौंबाट बेइजिङका लागि भारत, म्यानमार हुँदै चीन प्रवेश गरेर जानुपर्दछ । हिमाल नाघेर तिब्बत हुँदै जाने ट्रान्स हिमालयन रुटमा अक्सीजनसहितको ‘ल्हासा–कीट’ उपकरण जडान गर्नुपर्दछ । यो रुट प्रयोग गर्दा उडान अवधि एक घण्टा छिटो हुने बताइन्छ ।

हिमालय एअरलाइन्सले बंगलादेशको ढाका,मलेशियाको क्वालालम्पुर ,यूएईको अबुधाबी, दुबई, साउदी अरबको दमाम र कतारको दोहा सिधा उडान गर्दै आएको छ ।

नेपालले हालसम्म ४० वटा मुलुकसँग हवाई सम्झौता गरेको छ । चीनले नेपाललाई १५ वटा सहरमा उडान अनुमति दिएको छ भने नेपालले अब सञ्चालनमा आउने भैरहवा र पोखरामा उडान गर्न चीनलाई उडान अनुमति दिइसकेको छ ।

 

Share Now

Leave a comment.