Prakash Adhikari October 28, 2019

 

काठमाडौं,११ कार्तिक । यमपञ्चक(तिहार)को चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेकाले आज गाई पूजा गर्नु पर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताउँनुभएको छ।

गाई पुजाको लागि तस्बिर परिणाम
गाईको पूजा गरी आजका दिन मीठा-मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत छ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाई पुजाको लागि तस्बिर परिणाम

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ ।

म्हः पूजामा अलमल

म्हः पूजा कहिले गर्ने भन्नेमा नेवार समुदाय विभाजित भएका छन् । विशेषगरी पहाडी जिल्लाका नेवार समुदायले आजै आत्मपूजा गरी मंगलबार भाइटीका लगाउने तयारी गरेका छन् । तर यस वर्ष नेपाल पञ्चांग निर्णायक समितिले भने भाइटीकाको दिन मंगलबार म्हः पूजा गर्नुपर्ने निर्णय गरेको छ ।

हिन्दु तथा बौद्ध दुवै समुदायका नेवार समुदायले म्हः पूजा भाइटीकाको अघिल्लो दिन मनाउने गर्दथे । तर, यस वर्ष तिथि घटबढका कारण भाइटीका र म्हः पूजा एकै दिन परेको छ । त्यसैले काठमाडौं उपत्यकाका नेवार समुदाय र पहाडी जिल्लाका नेवार समुदायमा म्हः पूजामा अलमल छ ।

mha pujaको लागि तस्बिर परिणाम
धर्मशास्त्रका जानकार कीर्तिमदन जोशी यस वर्ष भाइटीकाको अघिल्लो दिन अर्थात् सोमबार नै म्हःपूजा गर्ने बताउँछन् । धर्म राजनीति पनि भएकाले एकथरि मानिस शास्त्रसम्मत पर्व नमनाउने निर्णयमा पुगेको उहाँको भनाइ छ ।

म्हःको शाब्दिक अर्थ देह या शरीर हो । यसअर्थमा म्हः पूजाको अर्थ आफ्नो देहको पूजा हो । शरीरमा शान्ति नभइकन सर्वत्र शान्ति नहुने विश्वास अनुरुप म्हः पूजाको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाइन्छ ।

Share Now

Leave a comment.