Prakash Adhikari November 5, 2019

 

काठमाडौं, १९ कार्तिक । प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीहरुको मंगलबार भएको बैठक बैठकले प्रदेश प्रमुख बर्खास्त गर्ने सरकारको निर्णयले सहमतिको राजनीतिलाई बिथोलेको गम्भीर आरोप लगाएको छ ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरुको निक्यौल गर्न बसेको नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरुको बैठकले सरकारका पछिल्लाई गतिविधिको मूल्यांकन गर्दै त्यस्तो निष्कर्ष निकालेको हो । कांग्रेस प्रदेश प्रमुखहरुलाई बर्खास्त गर्ने र सत्तारुढ गठबन्धन सहित आफ्नै पार्टीभित्र पनि सहमति नखोजी पेलाहा नीति लिएर नयाँ प्रमुखहरु नियुक्त गर्ने कार्यलाई अतार्किक भन्दै यसले कम्युनिष्ट सत्ताको असफल दिशामा जान खोजेको संकेत प्रवाह गरेको कांग्रेस पदाधिकारीहरुको बुझाइ रहेको छ ।

पदाधिकारीहरुको जारी बैठककै बीचमा कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ, संघीयता कार्यान्वयनको क्रममा संस्थापक प्रेदेश प्रमुखहरुलाई आफ्नो समयावधिसम्म कार्य गर्न नदिएर अशोभनीय तवरले सरकारले गरेको बर्खास्तीले सहमतिको राजनीतिलाई थप बिथोल्ने प्रयत्न गरेको छ ।

कांग्रेसले सरकारको ध्यान मुलुकको आर्थिक समृद्धितर्फ हुनु पर्नेमा संघीयता कार्यान्वयन सम्बन्धी अनेक कार्यभार बाँकी छदाछदै संघीयता कार्यान्वयनको क्रममा नियुक्त भएका संस्थापक प्रदेश प्रमुखहलाई हटाउने सरकारको निर्णय राजनीतिक दृष्टिले समेत पूर्वाग्रहपूर्ण रहेको बतााएको छ ।

कांग्रेसले भनेको छ, आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रको रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचार संहिता विपरीत समेत रहेको छ ।

Share Now

Leave a comment.