Prakash Adhikari January 11, 2018

लाहोर,(पाकिस्ता)२६ पौष । पाकिस्तान र संयुक्त अरब इमिरेट्स(युएई)को संयुक्त आयोजनामा भैरहेको पाँचौँ एकदिवसीय दृष्टिबिहिन विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसंग पनि पराजित भएको छ ।

फैसलावादस्थित एकबल स्टेडियममा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ४ विकेटले पराजित भएको हो ।

टस हारेर नेपालले प्रस्तुत गरेको २ सय ३५ रनको लक्ष्य बंगलादेशले ३३दबमलव ३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।

महमुद रशिदले अविजित ६० रनको पारी खेल्दै बंगलादेशलाई जित दिलाए ।

उनी म्यान अफ दी म्याचसमेत घोषित भए ।

प्रतियोगितामा रशिदले असिकर रहमानसँग छैटौँ विकेटको लागि ९१ रनको बलियो साझेदारी गर्दै बंगलादेशको जितको आधार तय गरे ।
दुर्गादत्त पौडेलको बलमा बोल्ट आउट हुनुअघि रहमानले ४५ रनको महत्वपूर्ण योगदान दिए ।

बंगलादेशको २०दशमलव २ ओभरमा १ सय २३ रनमा ५ विकेट गुमिसकेको अवस्थामा रहमान र रशिदले पारी सम्हाले ।

नेपालका बलरले उत्कृष्ट सुरुआत गरे पनि लयमा निरन्तरता दिन नसक्दा खेल आफ्नो हातबाट फुस्किन गएको थियो ।

बंगलादेशको खराब सुरुआत गरेको थियो । उसका ओपनर अरिफ उल्लाहलाई ४ रनमै नेपालका बलर खिमानन्द गैरले क्लिन बोल्ड सुरुआत झड्का दिए । चौथो ओभरमा बंगलादेशका कप्तान तान्जिलुर रहमान ६ रनमा आउट भए । तर, त्यसपछिका ब्याट्सम्यानले पारी सम्हाले ।

नेपालको बलिङमा भरत थापाले २ तथा दुर्गादत्त, खिमानन्द गैरे र कप्तान किर्तन श्रेष्ठले १–१ विकेट निकाले पनि जित दिलाउन सकेनन् । नेपालका बलरले ३३ अतिरिक्त रन खर्चिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभर नै खेल्दै ९ विकेटको क्षतिमा २ सय ३४ रनको योगफल तयार पारेको थियो ।

खराब सुरुआत गरेको नेपालले सम्हालिन नपाउँदै लगातार विकेट गुमाएको थियो । एकसमय नेपालको खातामा ७२ रन हुँदा ६ विकेट गुमिसकेको थियो । तर, सातौँ विकेटका लागि खिमानन्द र कप्तान किर्तनले १ सय ९ रनको बलियो साझेदारी गर्दै नेपालको पारी उकासेका थिए ।

हिट द विकेट हुनुअघि खिमानन्दले ३४ रन बटुले । ३७ ओभरमा किर्तन पनि ३ चौकाको मद्दतले ६६ रनमा आउट भए । आक्रमक ब्याटिङ गरेका पदम बडेला पनि ३० रनमा रनआउटको शिकार भएपछि रनरेटमा खस्किएको थियो । बंगलादेशको बलिङमा खुर्सिद आलमले ३ विकेट लिएका थिए ।

अरिफ उल्लाहले २ तथा तान्जिलुर रहमानले १ विकेट लिए ।

नेपालले अब १३ जनवरीमा श्रीलंकासँग दुबईको अजमानमा तेस्रो खेल खेल्नेछ ।
६ देश सहभागी राउन्ड रोविन लिगको आधारमा हुने विश्वकपमा लगातार दोस्रो हारसँग नेपालको सेमिफाइनलमा यात्रा कठिन भएको छ ।

बंगलादेशले २ खेलमा १ जित निकाल्दै अन्तिम ४ भित्र पर्ने सम्भावना बलियो बनाएको छ ।

भारत र पाकिस्तानले २र२ जित निकालि सकेका छन् ।

Share Now

Leave a comment.