Prakash Adhikari November 23, 2019

आबुधाबी(संयुक्त अरब इमिरेट्स), ६ मंसिर । संयुक्त अरब इमिरेट्सको आबुधावीमा भैरहेको आबुधाबी टी १० लिगमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको टिम आबुधावीले सन्दिप लामिछानेको टिम कर्नाटका टस्कर्सलाई ३४ रनले पराजित गरेको छ ।

आबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पारसको टिमले १० ओभरमा २ विकेट गुमाउँदै १ सय २८ रन बनायो ।

टिम आबुधाबीका लागि लुक राईटले ५७,मोइन अलीले ३५, डब्ल्यूएल म्याडसनले २० र अभिस्का फर्नाण्डोले ३ रन बनाए ।

टिम आबुधावीलाई रोक्ने क्रममा रेमिड.टनले १ विकेट लिए । एक विकेट रन आउटमा आयो । नेपाली क्रिकेटस्टार सन्दीपलाई मैदानमा नउतारेको टस्कर्सका लागि विकेट गिराउन निकै संघर्ष गर्नु पर्यो ।

शुक्रबारको खेलमा नेपाली खेलाडी पारस खड्काले ब्याटिङको मौका पाएनन् । उनी लगातार तीन खेलपछि आजको खेलमा टिममा परेका थिए ।

१ सय २९ रनको लक्ष्या लिएको सन्दीपको टिम कर्नाटक टस्कर्सले १० ओभरमा ६ विकेट गुमाउँदै ९४ रन मात्र जोड्न सक्यो । उसकालागि रायन टेन डोसेटले ३२, कप्तान हसिम अमलाले १८, अहमद रजाले १३, उपुल थराड.गाले १०, रोस ह्विट्ले र सफिकुल्लाहले ६।६ तथा जोन्सन चाल्र्सले २ रनको योगदान दिए ।

सन्दीपको टिम कर्नाटका टस्कर्सलाई रोक्ने क्रममा हेडेन वाल्सले २, ह्यारी गुर्ने, मोइन अली, मर्चेन्ट डी लाड.गे र पारस खड्काले एक एक विकेट लिए ।
ब्याटिङमा मौका नपाएपनि बलिङमा पारसले मौका पाएका थिए । उनले २ ओभरमा ३० रन दिएर एक विकेट लिए ।

जारी प्रतियोगितामा पहिलो पटक बलिङ गरेका पारसले दुई ओभर बलिड. गर्न पाए । उनले पहिलो ओभरमा उनले १३ रन दिएका थिए भने दोस्रो ओभरमा १७ रन दिएर एक विकेट लिए । उनले अन्तिम बलमा अहमद राजालाई आउट गरे । जारी प्रतियोगितामा पारसको पहिलो विकेट हो ।

सन्दीप र पारसको प्रदर्शन

प्रतियोगितामा नेपाली खेलाडी सन्दीपले खेलेको ५ खेलमा कुल ६ विकेट लिए। पहिलो खेलमा दिल्ली बुल्ससंग १९ रन खर्चेर १ विकेट, दोश्रो खेलमा बाङ्ग्ला टाइगर्ससंग ९ रन खर्चेर २ विकेट, तेश्रो खेलमा ग्ल्याडीएटर्ससंग ३५ रन खर्चेर विकेटविहिन, चौथो खेलमा मार्थ अरबियन्ससंग २५ रन खर्चेर १ विकेट तथा पाँचौ खेलमा कलन्दर्स बिरुद्ध ३० रन खर्चेर २ विकेट लिएका थिए।

अन्तिम खेलमा भने  सन्दीप प्लेयिंग एघारमा परेनन्।

त्यस्तै अन्तर्राष्ट्यि लिगमा पहिलो पटक डेब्यू गरेका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारसले पहिलो खेलमा कलन्दर्स बिरुद्ध ३ बलमा अविजित ३ रन बनाएका थिए भने त्यसपछि नर्थर्न वारियर्स बिरुद्ध १ बलमा अविजित १ रन बनाएका थिए। दुवै खेलमा पारसलाई छैठौं नम्बरमा ब्याटिंग दिईएको थियो। टिमको अन्तिम खेलमा उनले ब्याटिड.मा मौका पाएनन् तर बलिड.मा मौका पाएका उनले २ ओभर बलिडं गरेर १ विकेट लिए । ३० रन बनाउन दिए ।

Share Now

Leave a comment.