Prakash Adhikari November 25, 2019

काठमाडौं, ९ मंसिर ।प्रधानमन्त्री केपी ओलीको मिर्गोलाको चौथो पटक डायलासिस सम्पन्न भएको छ।

आइतबार नियमित स्वास्थ्य परीक्षणको लागि भनेर ग्राण्डी अस्पताल पुग्नुभएको प्रधानमन्त्री ओलीको त्यही डायलासिस भएको गरिएको हो।
डायलासिस गरि प्रधानमन्त्री ओली आइतबार नै बालुवाटार फर्किनुभएको छ।

गत कात्तिक १३ गते मिर्गौलामा समस्या आएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओली लगातार दुई दिन डायलासिस गरी स्वास्थ्यलाभ भएपछि १४ गते बालुवाटार फर्कनुभएको थियो ।

यसबीचमा उहाँको तेस्रो डायलासिस पनि सम्पन्न भएको थियो ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

त्यसपछि थाइलैण्ड र सिंगापुरमा उहाँको नियमित अनुगमन परीक्षण हुँदै आएको थियो । प्रत्यारोपण गरिएको मृगौलाले अपेक्षित काम गर्न नसकेपछि उहाँलाई गत साउनमा सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।

शरीर विकसित भएको एण्टिबडीलाई अपेक्षित सीमामा ल्याउन उहाँलाई भाद्र महिनामा पुन सिंगापुर लगेर प्लाज्माफेरोसिस विधिबाट उपचार गरिएको थियो।

१२ बर्ष अगाडि फेरिएको मृगौलाले काम गर्न नसक्ने भएपछि नियमित डायलासिसबाटै काम चलाउने कि फेरी मृगौला प्रत्यारोपण गर्ने भन्ने विषयमा प्रधानमन्त्री के.पी.ओलीको स्वास्थ्य उपचारमा संलग्न चिकत्सक टोलीले निर्णय गरिसकेको छैन ।

Share Now

Leave a comment.