Prakash Adhikari November 27, 2019

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले साँझ प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा एक विज्ञप्ति प्रकाशित गर्दै सो जानकारी दिएको हो ।

एपेन्डिक्समा जमेको पिप फुटेर पेटमा संक्रमण भएपछि सोमबार रातिबाट गम्भीर विरामी पर्नुभएका प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान उपचारार्थ सो सेन्टरमा भर्ना गरिएको थियो ।

No photo description available.

मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उहाँको मंगलबार शल्यक्रिया गरिएको थियो।

मंगलबारदेखि भेन्टिलेरमा राखेर उपचार गरिनुभएको प्रधानमन्त्री ओलीलाई बुधबार बिहान भेन्टिलेरबाट अलग गरिएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठद्धारा जारी विज्ञप्तिमा बेलुकासम्म प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्यीय सुधार आएको उल्लेख गरिएको छ।

उहाँलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको पनि अस्पतालका कार्यकारी निर्देशक श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

Share Now

Leave a comment.