काठमाडौं, २७ पौष । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३१ औं बार्षिक साधारण सभाले शतप्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
पौष २७ गते बुधबार आर्मी अफिसर्स क्लब भद्रकालीमा सम्पन्न साधारण सभाले सञ्चालक समितिले शिफारीस गरेको शतप्रतिशत बोनस र त्यसमा लाग्ने करवापत ५दशमलव २६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो ।
बैंकले गत आर्थिक बर्षको कमाई र एफपीओबाट संकलित प्रिमियम रकमबाट शेयरधनीहरुलाई शतप्रतिशत बोनस शेयर बितरण गरेको हो। शतप्रतिशत बोनस प्रस्ताब पारित भएसंगै बिंकको चुक्ता पुंजी ८ अर्ब १ करोड पुगेको छ। गत आर्थिक बर्ष बैंकले १ अर्ब ४२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।
त्यस्तै सभाले अधिकृत पुँजी ९ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गरेको छ।
नेपालमा संचालनमा रहेका २८ बाणिज्य बैंक मध्ये अन्य बैंकहरुले हकप्रद बिक्रि गरि चुक्ता पुंजी ८ अर्ब पुर्याएपनि चार्टडले मात्र बोनसबाट नै राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याएको हो।
बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४८ करोड २५ लाख खुद मुनाफा गरेको छ।