काठमाडौं, २७ पौष । प्राइम कमर्सियल बैंकको पुस २५ गते सम्पन्न दशौं बार्षिक साधारण सभाले शेयर धनीलाई २७ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा मंगलबार सम्पन साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट गजेन्द्र विष्टलाई सञ्चालक निर्वाचित गरेको छ ।
साधारण सभाका लागि बैंकले पुस ५ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाले उक्त बोनस पुस ४ गतेसम्म कायम बैंकको सेयरधनीले मात्र पाउनेछन् ।
६ अर्ब ३२ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस बितरण पश्चात ८ अर्ब ३ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी पुगेको छ ।
विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको प्राइमले वैशाख १७ गते पछाडि सेयरधनी बनेर बोनस पाउने लगानीकर्तालाई भने लाभांश वापतको कर आफैँ तिनुपर्ने बताएको्् छ ।
विभिन्न उद्योगी, व्यवसायी, बैंकर्स, शिक्षाविद्, एवं व्यवसायीक व्यक्तित्वद्धारा प्रवद्र्धित बैंकले नविनतम सेवा र शाखा सञ्जाल विस्तार गरि समयानुकुल लगानीको प्रतिफल प्रदान गर्दे जाने प्रतिवद्धता समेत शेयरधनीमाझ गरेको छ ।