पोखरा(कास्की), १५ मंसिर । पोखरामा नाली खन्ने क्रममा ढिस्को झरेर पुरिएका ७ जनामध्ये मृत्यु हुने ५ जनाको सनाखत भएको छ।
पोखरा महानगर–२० मौजामा बाटो निर्माणको क्रममा पर्खाल लगाउँदै गर्दा माथिबाट झरेको ढिस्कोमा ७ जना पुरिएका थिए।
मृत्यु हुनेमा तोवन बस्नेत, चोगेन्द्र बुढाथोकी, गणेश ओली, सिमलाल ओली र जि बहादुर बस्नेतको सनाखत भएको वडाध्यक्ष सीम गुरुङले दिएको जानकारी दिनुभएको छ।
उद्धार कार्य जारी छ। महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत काम भइरहेको थियो।


















