काठमाडौं, १५ मंसिर । शनिवार सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसले २०७४ सालको निर्वाचनमा भन्दा राम्रो गरेको छ ।
निर्वाचन आयोगबाट प्राप्त जानकारी अनुसार भक्तपुर १ (क) मा भएको उपनिर्वाचमा नेपाली कांग्रेस विजयी भएको छ । प्रदेशसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी हुनुभएको छ ।
कांग्रेसका उम्मेदवार भँडेलले २ हजार २ सय ४२ मतले निकटतम प्रतिस्पर्धी नेकपाका डीपी ढकाललाई हराउनु भएको छ। भँडेलले १३ हजार ४४८ मत ल्याएर निर्वाचित बन्नुभएकोे छ भने निकटतम प्रतिस्पर्धी नेकपाका डीपी ढकालले ११ हजार २ सय ६ मत ल्याउनुभएको छ ।
नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत ल्याउनु भएको ।
चितवनको भरतपुर महानगरपालिका १६, खैरहनी नगरपालिका ४ र ५ को नतिजा कांग्रेसको पक्षमा गएको छ । भरतपुर १६ बाट कांग्रेसका अमृत हमाल विजयी बन्नुभएको छ भने खैरहनी ४ र ५ बाट क्रमश देबबहादुर बस्नेत प्रतिमा कार्की विजयी बन्नुभएकोे छ ।
खैरहनीमा बस्नेतले १ सय ५२ मत अन्तरले प्रतिष्पर्धी नेकपाका बेदबहादुर अधिकारीलाई हराउनुभएको छ । बस्नेतले १हजार १ सय ३८ मत ल्याउँदा अधिकारीले ९सय ८६ मत ल्याउनुभएको थियो ।
चितवनको खैरहनी नगरपालिका ५ मा नेपाली कांग्रेसकी उम्मेद्वार प्रतिमा कार्कीले आफ्नी प्रतिष्पर्धी नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई ८६ मतान्तरले पराजित गर्नुभयो । कार्कीले ८ सय ४२ मत ल्याउनुभयो भने प्रधानले ७ सय ५६ मत ।
यसअघी काग्रेसले वैतडी र अर्घाखाँचीमा पनि जीत हासिल गरेको छ। अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका ३ नं वडामा कांग्रेसका शोभाखर खनाल बिजयी हुनुभएको छ।
बैतडीको दोगडाकेदार गाउँपालिका–४ र सुर्नया गाउँपालिका–१ मा कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ। सुर्नया गाँउपालिका–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द २ सय १९ सहित विजयी हुनुभयो भने उहाँँका प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २ सय १५ मत ल्याउनुभयो ।
यसैगरि बैतडीकै दोगडा केदारमा नेपाली कांग्रेसका सुरेन्द्र भट्ट आफ्ना प्रतिष्पर्धी नेकपाका उमेद्वारलाई एक सय मतले पछि पार्दै पराजित गर्नुभएको छ । भट्टले ५ ले ८४ ल्याउदा नेकपाको उमेद्वारले ४ सय ८४ मत मात्र प्राप्त गनुभएको छ।
अर्घाखाँचीको मालारानी गाउँपालिका–३ मा कांग्रेसका शोभाखर खनाल विजयी हुनुभएको छ । खनालले नेपाल कम्युनिष्ट पार्टी नेकपाका यमलाल खनाललाई १ सय ६ मतान्तरले पछि पार्दै विजयी भएका हुनुभयो । शोभाखरले १ हजार १ सय ५९ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी यमलालले १ हजार ५३ मत ल्याउनुभएको थियो ।
यसैगरी पहिले पूर्वएमालेले जितेको घोराही १६को वडा अध्यक्षमा नेपाली कांग्रेसका तारा बहादुर डाँगी नेकपाका उमेद्वार सुरेशबहादुर केसीलाई पराजित गर्दै विजयी बन्नुभएको छ । उहाँले १हजार २ सय २२ मत प्राप्त गर्नुभएको थियो भने पराजित केसीले १ हजार १ सय १७ मत ल्याउनुभएको थियो ।
यसैगरी मोरङमानेकपाको किल्ला तोड्दै कांग्रेस उम्मेद्वारले विजय हासिल गरेका छन् । मोरङको धनपालथान गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा नेपाली काँग्रेसका नारायणप्रसाद साहले नेकपाका पंकज मण्डललाई २ सय ४ मतले पराजित गर्नुभएको छ । साहले १ हजार ७ सय १ मत ल्याउनुभएको थियो भने नेकपाका पंकज मण्डलले १हजार ४ सय ९७ मत ल्याउनुभएको थियो ।
यस्तै नेकपाको गढ मानिएको पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ७ को वडाअध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसको उम्मेद्धवार तिलविक्रम इधिंगो निर्वाचित हुनुभएको छ। नेकपाको तर्फबाट उम्मेद्धवार गेहनाथ रिजाललाई ३० मतले पराजित गर्दे इधिंगो निर्वाचित हुनुभएको हो ।
इधिंगोले ८ सय ४२ मत प्राप्त गर्दा रिजालले ८ सय १२ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी रौतहटको गडीमाई नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उमेदवार दीपेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ। विजयी श्रेष्ठले ७ सय ७१ मत ल्याउनुभयो भने निकटतम् प्रतिद्वन्द्वी नेकपाका उमेदवार जवार मियाले ५ सय ९६ मत ल्याउनुभयो । समाजवादी पार्टीको तर्फबाट उमेदवार बन्नुभएका दिनेश दासको पक्षमा १ सय २२ मत पर्यो ।


















