विराटनगर(मोरड.),१५ मंसिर । एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार ७ जनाको मृत्यु भएको छ ।
विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक गएराति कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना भएको हो ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माले दुर्घटनाको पुष्टि गर्दै त्यसमा सवार ७ जनाको मृत्युभएको बताउनुभएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा वर्ष ३४ को दुर्गाधन राई, २८ का टेकेन्द्र राई, ५० को तुलबहादुर राई, वर्ष ३१ को दिनेश राई र वर्ष ३५ मुकेश राई र शिवमाया राईका साथै एम्बुलेन्स चालक राजेश दनुवार रहेको प्रहरीले बताएको छ ।


















