Prakash Adhikari January 13, 2018

 

पूर्वी रुकुम, २८ पौष । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताएका छन्।

रुकुम पूर्वको जिल्ला अदालत शुक्रबार उद्घाटन गर्दै उनले अहिले सडकमा कोही कराउँदैमा केही नहुने बताए। आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको उनको भनाइ छ।

‘मैले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको छु, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैनु, उनले भने।

विभिन्न वहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाले त्यो सम्भव नहुने उनले बताए ।

‘हिजो पनि न्यायालय न्यायमूर्ति थियो”,उनले भने, ‘आज र भोलि पनि न्यायमूर्ति रहन्छ।’

न्यायकर्मी जनताको भावना, न्यायको मूल्य, मान्यता, पद्धति र प्रणालीबाट चल्ने गरेको बताउँदै उनले जिल्ला अदालत पनि सोही प्रणालीबाट चलिरहेको बताए ।
प्रधानन्यायाधीश पराजुलीले अबका दिनमा पनि न्याय प्रणालीलाई त्यसरी नै सञ्चालन हुन निर्देशन दिए।
( स्रोत ःरासस)

Share Now

Leave a comment.