काठमाडौं, ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको ५४ वर्षको उमेरमा निधन भएको छ।
उहाँको आइतबार राती भएको हो।
स्वास्थ्यमा अचानक समस्या आएपछि उहाँलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो। अस्पताल पुर्याइएपछि उहाँलाई १० बजेर २० मिनेट जाँदा मृत घोषणा गरिएको थियो।
तीन दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय भट्टराईले ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायत चलचित्रहरु निर्माण गर्नुभएको थियो । उहाँले दर्जनौं चलचित्रमा अभिनयसमेत गर्नुभएको छ । उहाँले निर्माण गरेको पछिल्लो चलचित्र ‘यात्रा’ हो ।
करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराइका एक पत्नी र छोरा रहेका छन्।