Prakash Adhikari December 20, 2019

 

काठमाडौं, ४ पौष । किया गाडीको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले पहिलोपटक भारतीय प्लान्टमा उत्पादित ‘किया सेल्टोस’ नेपाली बजारमा भित्र्याएको छ।

स्पोर्टस् युटिलीटी भेहिकल (एसयुभी) अन्तर्गत रहेको यो गाडीको सुरूवाती मूल्य ४९ लाख ९० हजार रूपैयाँ र अधिकतम् मूल्य करिब ६७ लाख रूपैयाँ रहेको कम्पनीले जनाएको छ।

आइतबार साँझ काठमाडौं आइपुगेको गाडी आउँदो शुक्रबारदेखि नेपाली बजारमा बिक्री वितरणका लागि राखिने छ।

१५ सय सीसीको गाडीको अवधारणा सन् २०१८ को अटो शोमा सार्वजनिक गरिएको थियो।

१६ वटा भेरियन्टमा रहेको सेल्टोस पेट्रोल र डिजल इन्जिनमा उपलब्ध छ।गाडीमा भारत स्टेज सिक्स इमिसनका इन्जिन जडान गरिएको छ।

कम्पनीका अनुसार गाडीको इन्टेरियरमा पूर्ण कालो रङ समावेश गरिएको छ। बोल्ड डिजाइनयुक्त गाडीमा एलइडी हेडल्याम्प, डेटाइम रनिङ लाइट, टेल लाइट, एलइडी फग ल्याम्प, १७ इन्चको अलोइ व्हिल लगायत जडान गरिएको छ।

मनोरञ्जनका लागि गाडीमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको छ। ग्राहकले एप्पल कारप्ले, एण्ड्रोइड अटो, मुड लाइटिङ सहितको ८ वटा बोस स्पिकर, एम्वियन्ट लाइटिङ र वायरलेस फोन चार्जिङको सुविधा लिन सक्ने छन् ।

यात्रु सहजताको लागि गाडीमा टु स्टेप रिक्लाइनिङ सिट, एलेक्ट्रिक सनरुफ, एलेक्ट्रिकल्ली एडजस्टेबल ड्राइभर सिट, अटो क्लाइमेट कन्ट्रोल, किलेस इन्ट्री, ३६० डिग्री क्यामरा लगायत सुविधा जडान गरिएको छ।

यात्रु सुरक्षाका लागि गाडीमा छ वटा एयरब्याग, एन्टि लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्टेब्लिटी प्रोग्राम, फ्रन्ट रियर पार्किङ सेन्सर, हिल होल्ड कन्ट्रोल र ब्लाइन्ड भ्यु मोनिटर समावेश गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार गाडीमा एसी कन्ट्रोल सहितको रिमोट इन्जिन स्टार्ट, एमर्जेन्सी एसिस्टेन्स, नेभिगेशन, टायर प्रेसर मोनिटरीङ सिस्टम लगायत विभीन्न ३७ वटा विशेषता छन्। नर्मल, इको र स्पोर्ट लगायत तीनवटा ड्राइभिङ मोडयुक्त गाडी हिलो र हिउँ भएको सडकमा पनि सहजै गुड्न सक्ने कम्पनीको दाबी छ।

एसयुभीसँग सेल्टसले अटो बजारमा ह्युण्डाईको क्रेटा, भेनु, टाटाको ह्यारियर, एमजी हेक्टर, जिप कम्पास लगायत प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ।

कियाको प्लान्ट भारतको आन्दरा प्रदेशस्थित अनन्तपुरमा संचालित छ

Share Now

Leave a comment.