Prakash Adhikari January 1, 2020

काठमाडौं, १६ पुस । सर्वाेच्च अदालतले सरकारसँग नेपालको आधिकारिक नक्सा पेश गर्न आदेश दिएको छ।

न्यायधीश हरिप्रसाद फुयाँलको एकल इजालसले सुगौली सन्धीका बेला बनेको नेपालको नक्सा पेश गर्न बुधबार उक्त आदेश दिएको हो।

न्यायधीश फुयाँलले १८१६ मा भएको सुगौली सन्धिको सूचीकृत अनुसूचीसहित प्रतिलिपी, १८६० मा ब्रिटिस सरकारसँग भएको सीमासन्धी र भारतीय पक्षले नेपालका लागि बनाइदिएको पहिलो नक्सा पेस गर्न आदेश गर्नुभएको हो।

त्यस्तै १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र हुँदा सन्धी, दस्तावेज, नक्सा पेश गरेको भए त्यसको प्रतिलिपि पनि पेश गर्न सर्वाेच्चले भनेको छ। सर्वाेच्चले प्रतिलिपि फिर्ता लैजान मिल्ने गरी पेश गर्न सरकारलाई भनेको हो।

अहिले भारतले नेपालको कालापानी, लिम्पियाधुरासहितका भूभाग समेटेर नक्सा जारी गरेपछि सीमासम्बन्धी विवाद बल्झिएको छ।

Share Now

Leave a comment.