Prakash Adhikari January 14, 2018

 

काठमाडौं, ३० पौष । नेपाली अर्थोडक्स चियालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सहज बनाउने उद्देश्यका साथ तीन वर्षअघि उद्योग विभागमा दर्ता गरिएको व्यापारिक चिह्न कार्यान्वयनमा आएपछि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उक्त चिह्न चिया उद्योगीहरूलाई वितरण गर्ने तयारी थालेको छ।

नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ तयार भएपछि नेपालको उत्पादनको आधिकारिक व्यापारिक चिह्न कार्यान्वयनमा आएको हो।

बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार उद्योगीले चिह्न प्राप्त गर्नका लागि बोर्डमा निवेदन दिनुपर्ने छ।

उनले भने, ुनिवेदन दिएपछि निर्देशिका अनुसार चियाको उत्पादन छ कि छैन भनेर हेर्नका लागि हामीले समिति बनाएका छौं। त्यही समितिले स्थलगत निर्णय गर्छ।ु

निवेदन दिएपछि निर्देशिका अनुसार चियाको उत्पादन छ कि छैन भनेर हेर्नका लागि हामीले समिति बनाएका छौं
शेषकान्त गौतम, कार्यकारी निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड
प्रक्रिया
व्यापारिक चिह्न सेतो वा कालो रंगको पृष्ठभूमिमा खरानी वा सेतो रंगले दुईवटा हिमालको आकारसहित अङ्ग्रेजीमा ुनेपालु अनि हरियो रंगले ुटीु अर्थात् चिया र त्यसको ठीक तल खरानी वा सेतो रंगले ुक्वालिटी फ्रम द हिमालयजु अर्थात् हिमालयबाट गुणस्तर लेखिएको हुनेछ।

तर उक्त चिह्न प्राप्त गर्न चाहिँ त्यति सहज छैन।

बोर्डका कार्यकारी निर्देशक गौतमले भने, ुरासायनिक विषादी प्रयोग भएको हुन नुहने, चिया मजदुरहरूले चिया टिप्दा कस्ता साधन प्रयोग गरेका छन्, टिपेर समयमा कारखानामा पुर्‍याएका छन् कि छैनन् भन्ने कुरा हेरिन्छ।ु

गुणस्तरीय उत्पादनका लागि किसान तहसम्म पनि यसले सचेतता ल्याउने चिया उद्योगी डिल्ली बाँस्कोटाले बताए।

बाध्यता
छिमेकी देश भारतको दार्जिलिङको चियाले विश्व बजारमा ख्याति कमाएको छ।

तर नेपालको चिया भारतकै मन्डीहरूमा लगेर सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यताका माझ व्यापारिक चिन्हले अन्तर्राष्ट्रिय बजारमा नेपालको चियाले स्थान पाउने अर्का चिया उद्योगी बुद्ध तामाङ बताउँछन्।

अहिले जुन जुन देशहरूमा नेपाली व्यवसायीले आफैंले चिया निर्यात गरिरहेका छन्, त्यस्ता देशहरूमा सरकारले तुरुन्त व्यापारिक चिह्न दर्ता गरिदिने राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ।

नेपालमा वार्षिक करिब ५० लाख केजी अर्थोडक्स चिया उत्पादन हुने गरेको छ।(बीबीसीबाट)

Share Now

Leave a comment.