Prakash Adhikari January 14, 2018

बैकक(थाइलैण्ड), ३० पौष । नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको स्वास्थ्य स्थिति ठीक रहेको उहाँका सहयोगी र शुभचिन्तकहरुले बताएका छन् ।

हाल बैंककमा नै रहेका पत्रकार विष्णु रिजालले आफ्नो फेसबुक स्टाटसमा आइतबार बिहान ओलीसंग भएको भेटको प्रसंग उल्लेख गर्दै लेखेका छन्, आज बिहान ब्यांककमा अध्यक्ष क। केपी ओलीसँग भेट्दा उहॉ प्रफुल्ल मुद्रामा भेटिनुभयो । उहॉको स्वास्थ्य अवस्था एकदमै ठीक छ । ब्यांककको बुमरुमगाड अस्पतालमा जॉचपछि सबै रिपोर्टहरू ठीक छन् ।

पत्रकार रिजालका अनुसार एमाले अध्यक्ष ओली आरामका लागि अझै एक दुई दिन बैककमा नै रहनेछन् । ओलीको स्वास्थ्योपचारमा साथमा गएका दुबै जना डाक्टरहरू नेपाल फर्किसकेका छन् ।

एमाले अध्यक्ष ओलीको साथमा उहाँलाई नियमित हेर्दै आएकी फिजिसियन डा. दिव्यासिंह र कार्डियोलोजिष्ट डा. यादव भट्ट थाईलैण्ड गएका थिए ।

आजभन्दा १० बर्ष पहिले सन् २००७मा भारतमा मिर्गौलाको सफल प्रत्यारोपण गराएपछि ओलीले थाइलैण्डको बुमरुड.ग्राड अस्पतालमा नियमित परीक्षण गराउदै आएका छन् ।

Share Now

Leave a comment.