Prakash Adhikari January 8, 2020

मेलबर्न(अष्ट्रेलिया), २३ पौष । अष्ट्रेलियाको चर्चित घरेलु लिग बिग ब्यास लिगमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेआबद्ध मेलबर्न स्टार्सले सात खेलमा छैटौं जित निकालेको छ ।

यो जितसंगै १२ अंक बटुलेर ऊ खेलको अंक तालिकाको शीर्षस्थानमा कायम रहेको छ ।

मेलबर्नको घरेलु मैदानमा भएको खेलमा सन्दीपको मेलबर्न स्टार्सले सिड्नी थन्डर्सलाई ६ विकेटले हरायो ।

तर बुधबारको खेलमा नेपाली बलर सन्दीप लामिछाने भने चार ओभर खेल्ने अवसर पाउदा पनि विकेटबिहिन बने ।

बुधबारको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सिड्नी थन्डर्सले २० ओभरको निर्धारित खेलमा ४ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो ।

Thunder XI: 1 Callum Ferguson (capt.), 2 Jonathan Cook, 3 Matthew Gilkes, 4 Alex Hales, 5 Usman Khawaja, 6 Nathan McAndrew, 7 Chris Morris, 8 Arjun Nair, 9 Alex Ross, 10 Daniel Sams, 11 Chris Tremain.

Stars XI: 1 Marcus Stoinis, 2 Nic Maddinson, 3 Nick Larkin, 4 Glenn Maxwell (capt.), 5 Peter Handscomb, 6 Hilton Cartwright, 7 Nathan Coulter-Nile, 8 Adam Zampa, 9 Daniel Worrall, 10 Haris Rauf, 11 Sandeep Lamichhane.

थन्डर्सका लागि कप्तान कालुम फर्गुसनले ३५ , उस्मान ख्वाजाले ३३, म्याथ्यू गिल्कीले ४१ र एलेक्स हल्सले २६ रन बनाए ।

बलिङमा मेलबर्नका हरिस रौफले ह्याट्रिक लिए । आदम जाम्पा, नाथन कुटियर नाइलले समान १ । १ विकेट लिए । नेपाली बलर सन्दीप लामिछाने ४ ओभर खेल्दा पनि विकेटविहिन रहे । उनले ४ ओभरमा ३९ रन दिए ।

१ सय ४६ रनको लक्ष्य पाएको सन्दीपको मेलबर्न स्टार्सले जवाफमा २० ओभरको निर्धारित खेलमा १७ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १ सय ४८ रन बनाएर १३ बल बाँकी रहदै लक्ष्य पूरा गर्यो ।

मेलबर्न स्टार्सको जितमा कप्तान ग्लेन म्याक्सवेलले ५५ तथा मार्कुस स्टोनीसले ५०, निक म्याडिसनले १३,नाथम कुर्टियर नाइलले ११, निक लार्किनले ६ र पिटर ह्याण्ड्कमले ३ रनको योगदान दिए ।

सिड्नी थन्डर्सलाई रोक्ने क्रममा डानियल साम, जोनाथन कुक र अर्जुन नायरले समान १ । १ विकेट लिए ।

यो जितसँगै मेलबर्न सात खेलमा १२ अंकका साथ लिगको शिर्ष स्थानमा यथावत रहेको छ ।

Big Bash League

TEAM M W L PT NRR
MS 7 6 1 12 0.841
SS 8 6 2 12 0.267
AS 7 3 3 7 0.115
ST 8 3 4 7 -0.029
BH 6 3 3 6 0.038
PS 7 3 4 6 -0.422
HH 6 3 3 6 -0.435
MR 7 0 7 0 -0.474
Share Now

Leave a comment.