बीबीसी(लण्डन), ३० पौष । लामो समयसम्म शान्त रहेको एक ज्वालामुखी विस्फोट हुन थालेपछि पपुवा न्यू गिनीका टापुहरुबाट करिब १५ हजार मानिसहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको रेड क्रसले जनाएको छ।
कादोभार टापुमा रहेको ज्वालामुखीबाट गत सातादेखि धुँवा र खरानी बाहिर निस्कन थालेपछि त्यहाँ बसोबास गर्ने ५०० सय भन्दा बढी मानिसलाई नजिकैको ब्लप ब्लप टापुमा सार्न थालिएको हो।
तर अहिले ज्वालामुखी विस्फोट हुने क्रम तीव्र भएपछि कादोभारबाट अन्यत्र सारिएका मानिसहरुलाई प्रमुख द्वीपतर्फ लैजानुपर्ने भएको छ।
पपुवा न्यू गिनीमा कैयौं सक्रिय ज्वालामुखीहरू रहेका छन्।
कादोभारदेखि उत्तरतिर पर्ने ब्लप ब्लपमा रहेका प्रत्यक्षदर्शीहरूका अनुसार शुक्रवार ज्वालामुखी विस्फोट भएर रातो राप शिखर माथिसम्म फैलिएको थियो।
सल्फर डाइअक्साइड
पछि वैज्ञानिकहरूले त्यहाँको ज्वालामुखीबाट ठूलो परिणाममा विषाक्त सल्फर डाइअक्साइड निस्किरहेको बताएका थिए।
पपुवा न्यू गिनीको रेड क्रसका एक अधिकारीले रोएटर्स समाचार संस्थालाई बताएअनुसार ज्वालामुखी विस्फोटनका कारण विस्थापित भएका मानिसलाई सुरक्षित स्थानमा लैजानका लागि रकम प्रवाह गरिएको छ।
उनले भने, ूज्वालामुखी पर्वत नजिकै अझै पनि मानिसहरू छन्। उनीहरुलाई अहिले पानी, खानेकुरा, आवास र कपडा आवश्यक छ।ू
राबाउल ज्वालामुखी निरीक्षण केन्द्रका वैज्ञानिकहरुका अनुसार कादोभार ज्वालामुखीमा ठूलो आकारको ुलाभाु देख्न सकिन्छ र त्यहाँ धुवाँको मुस्लो ६०० मिटर माथिसम्म फैलिएको छ।
ज्वालामुखीविद्हरुका अनुसार कादोभारमा यसअघि यति ठूलो ज्वालामुखी विस्फोट भएको थिएन।