Prakash Adhikari January 12, 2020

भक्त राई/रासस

काठमाडौं,२७ पौष । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्तीका अवसरमा पुस २७ गते आइतबार आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भब्यताका साथ मनाइँदैछ ।

सिंहदरबार पश्चिम मूलद्वारमा नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा मुलुकका विभिन्न क्षेत्रका विशिष्ट महानुुभाव सहभागी हुने कार्यक्रम रहेकाे छ।

समारोहमा पश्चिम मूलद्वारमा अवस्थित राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा पृथ्वीनारायण शाहकाे योगदानको स्मरण गरिने छ।

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले सना-साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो ।

शाहकाे सम्झनामा आजै नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा अवस्थित राष्ट्र निर्माताको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ।

मुलुकको विकास र समृद्धिका लागि सुशासन कायम गर्न घुस दिने र लिने दुवै देशका शत्रु हुन् भन्ने राष्ट्र निर्माताको धारणा सदासर्वदा स्मरण योग्य छ।

यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा नेपाल पुलिस क्लब प्रदर्शनी मार्गमा आइतबार दिउँसो चियापान कार्यक्रमको आयोजना गर्दैछ।

Share Now

Leave a comment.