Prakash Adhikari January 11, 2020

काठमाडौं, २६ पौष । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको नेकपा सचिवालय बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो।

रिक्त सभामुख पदमा आइतबारबाट निर्वाचन प्रक्रिया सुरु हुने भएपछि नेकपाले सो निर्णय लिएको हो।

उपसभामुख डा. तुम्बाहाम्फेले आफूलाई सभामुखमा योग्य उम्मेद्वारको रुपमा प्रस्तुत गर्दै आफूलाई सभामुख हुन नसक्ने कारण माग गर्दै आउनुभएको छ ।

उहाँले स्वभाविक रुपमा राजीनामा नदिने बरू महाअभियोग लगाएर हटाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौती दिँदै आउनुभएको छ।

शुक्रबार मात्रै उपसभामुख तुम्बाहाम्फेले नेकपाका अध्यक्ष द्धय प्रधानमन्त्री के पी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसंग भेटवार्ता गर्नूभएको थियो।

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारमा मुछिएर तात्कालीन सभामुख कृष्णबहादुर महरा जेल चलान भएपछि सभामुख पद रिक्त रहेको छ।

Share Now

Leave a comment.