Prakash Adhikari January 15, 2018

 

धनगढी(कैलाली) १ माघ । दोस्रो ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ ।

धनगढी रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई टाईब्रेकरमा ५–४ हराउँदै उपाधि जितेको हो ।

प्रतियोजिताको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

प्रतियोगिताको बिजेता नेपाली सेनाले उपाधिससहित नगद ११ लाख ११ हजार १ सय ११ रुपैया हात पारेको छ ।

उपबिजेता एपिएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाएको छ ।

व्यक्तिगत विधातर्फ नेपाल आर्मीका कप्तान भरत खवास उत्कृष्ट खेलाडी घोषित भए । उनले पुरस्कार स्वरुप एक थान मोटरसाईकल पाएका छन् ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बिकेश कुथु घोषित भए भने उत्कृष्ट रक्षक टोप बिष्ट घोषित भए ।

त्यसैगरी उत्कृष्ट फरवार्ड सन्तोष तामाङ घोषित भए भने प्रतियोगिताको उदयीमान खेलाडी सुदूरपश्चिमका अमानत शेख घोषित भए ।

उच्च गोलकर्ताको पुरस्कार भने एपिएफका अन्जन बिष्टले हात पारे ।

व्यक्तिगत विधातर्फका सबै उत्कृष्ट खेलाडीहरुले ट्रफीसहित नगद १५ हजार प्राप्त गरे ।

सुदुरपश्चिम–११ स्पोर्टस् क्लब, धनगढीको आयोजनामा गत पौष २१ गतेदेखि शुरु प्रतियोगितामा नेपाल र भुटानका गरी कुल १२ टोलीहरुको सहभागिता रहेको थियो ।

अर्को बर्ष पुरस्कार बढाइने

आयोजक सुदूरपश्चिम स्पोर्टस् क्लबले अर्कोबर्षदेखि पुरस्कार राशिमा झण्डै दोब्बरले बृद्धि गर्ने घोषणा गरेको छ ।

क्लबका अध्यक्ष सुदेश हमालले खप्तड गोल्डकपको तेस्रो संस्करणको विजेताले २१ लाख रुपैया प्राप्त जानकारी दिएका छन् ।

आगामी बर्ष उपविजेतालाई १० लाख ५० हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।

Share Now

Leave a comment.