Prakash Adhikari January 28, 2020

 

काठमाडौं, १४ माघ । हिरो इण्डियन वुमन लिगको दोस्रो संस्करणमा पनि खेल्ने मौका पाएकी नेपाली स्टार फरवार्ड साबित्रा भण्डारीले दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेकी छन् ।

मंगलबार भएको आइ लिगको आफ्नो दोस्रो खेलमा आफूआबद्ध गोकुलम केरलाका लागि उनले पाँच गोल ठोकिन । मंगलबारको खेलमा गोकुलम केरलाले केंक्रे एफसीलाई १०–१ को फराकिलो अन्तरले हराएको थियो ।

Image may contain: one or more people, people playing sports and outdoor

खेलमा साबित्राको टिमका करिश्मा शिर्भोयकरले तीन गोल आफ्नो खातामा लेखाउँदा मनिषा र ग्रेस हउनरले एक–एक गोल गरे ।
प्रतिस्पर्धी केंक्रेका लागि कप्तान सौम्या गुगुलोथले एक मात्र सान्त्वना गोल गरेकी थिइन ।

स्मरण रहोस, गोकुलमले आफ्नो पहिलो खेलमा श्रीभूमि एफसीलाई १–० ले हराएको थियो ।

सो गोल नेपाली चेली साबित्राले गरेकी थिईन् । जारी लिगमा यो सँगै साबित्राको गोल संख्या ६ पुगेको छ ।

Share Now

Leave a comment.