नयाँदिल्ली(भारत), १७ माघ (बीबीसी) । भारतमा एक चर्चित समाचार प्रस्तोतालाई उडिरहेको विमानभित्र उनकै शैलीमा प्रश्न सोधेर एक हास्य कलाकारले र्याखर्याख पारे। तर त्यसपछि ती कलाकारलाई केही भारतीय विमानसेवाले आफ्ना विमानमा उड्न नपाउनेगरी प्रतिबन्ध लगाइदिए।
त्यस्तो प्रतिबन्ध कति उचित हो? विषेशगरी ती प्रस्तोताको टेलिभिजन च्यानलका संवाददाताहरूले अरूलाई दैनिक त्यसैगरी र्याखर्याख पारिरहेको अवस्थामा?
विमानभित्र अर्नब गोस्वामीलाई प्रश्न सोध्ने कुणाल कामरालाई चारवटा विमानसेवाले प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालमा भारतीय प्रयोगकर्ताहरूले यो प्रश्न सोधेका छन्। गोस्वामीसँग सार्वजनिक रूपमा वादविवाद गरेको र अनुचित आचरण देखाएको कामरालाई उनीहरूको आरोप छ।
रिपब्लिक न्यूज नेटवर्कका सञ्चालक गोस्वामी भारतमा चर्चित व्यक्ति हुन्। तर उनलाई विभाजन निम्त्याउने व्यक्ति पनि मानिन्छ।
उनी आफ्नो बहस कार्यक्रमका सहभागीहरूलाई बारम्बर गाली गर्छन्, विपक्षी र सरकारका आलोचकहरूलाई प्रहार गर्छन् र कतिपय समाचारका विषयमा आफ्नो निर्णय नै सुनाउँछन्। उनले नाम नै तोकेर कतिपय व्यक्तिलाई ‘गद्दार’ भनेका छन् भने पाकिस्तानसँग युद्ध गर्नुपर्ने पक्षमा पैरवी गरेका छन्।
केही दिनअघि कामरा र गोस्वामी मुम्बईबाट लखनऊ उडेको इन्डिगो एअरलाइन्सको विमानका यात्रु थिए।
कामराले गोश्वामीलाई आफूले विमानभित्र भेटेको र शिष्ट भएर कुराकानीका लागि अनुरोध गरेको, तर उनले आफू टेलिफोन कुराकानीमा भए जस्तो गरेर वास्ता नगरेको बताए।
गोस्वामीको कामगराइबारे पटकपटक प्रश्न गर्ने प्रयास विफल भएपछि आफूले गोस्वामीकै शैलीमा उनले प्रयोग गर्ने गरेको पदावली “देश जान्न चाहन्छ” भन्दै भिडिओ खिचेको कामराको दाबी छ। उनले बारम्बार “अर्नब काँतर वा राष्ट्रवादी के हुन्?” भनेर प्रश्न गरेका थिए।
@MoCA_GoI @HardeepSPuri In light of the recent incident on board 6E 5317 from Mumbai to Lucknow, we wish to inform that we are suspending Mr. Kunal Kamra from flying with IndiGo for a period of six months, as his conduct onboard was unacceptable behaviour. 1/2
— IndiGo (@IndiGo6E) January 28, 2020
I had expressed my views with regard to the unruly behavior of a passenger on board @IndiGo6E flight.
I reiterate that Airlines must ensure"Zero Tolerance" for any activity which has the potential to jeopardize safety of Passengers in an Aircraft.
— Hardeep Singh Puri (@HardeepSPuri) January 30, 2020
कामराले खिचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो। त्यसमा कतिपयले पहिलो पटक गोस्वामीलाई मौन देखिएको भन्दै ठट्टा गरेका थिए।
कालो चस्मा र इअरफोन लगाएका गोस्वामीले कामरालाई निरन्तर बेवास्ता गरेको भिडिओमा देखिन्छ।
तर त्यसको केही घण्टापछि इन्डिगो एअरलाइन्सले भारतका उड्डयनमन्त्रीलाई समेत ट्याग गर्दै आफूले कामरालाई अस्थायी रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको ट्वीट गरेको थियो।
उड्ययनमन्त्री हरदीप सिंह पुरीले त्यसमा प्रतिक्रिया जनाउँदै अरू एअरलाइन्सहरूलाई पनि त्यसै गर्न भनेका थिए।

अर्नब गोस्वामी भारतका चर्चित टेलिभिजनकर्मी हुन्
अहिलेसम्म भारतको राष्ट्रिय ध्वजावाहक एअर इन्डिया र अन्य दुई निजी विमानसेवा स्पाइसजेट र गोएअरले इन्डिगोको जस्तै निर्णय गरेका छन्।
आफ्नो प्रतिक्रियामा कामराले लेखेका छन्, “मेरो अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा तीनवटा वायुसेवाले ममाथि अस्थायी प्रतिबन्ध लगाउँदा मलाई कुनै आश्चर्य लागेको छैन।”
उनले विमानको उडानमा आफूले कुनै बाधा नपुर्याएको र वायुसेवाका कर्मचारीको आदेश आफूले सबै पालना गरेको उल्लेख गर्दै उनले गोस्वामीको “चुलिएको अहम्”लाई मात्रै आफूले क्षति पुर्याएको जनाएका छन्।
उनले औपचारिक उजुरीबिना नै आफूलाई इन्डिगो एअरलाइन्सले किन छ महिना प्रतिबन्ध लगाएको हो भन्दै अरू वायुसेवाका निर्णयविरुद्ध पनि प्रश्न उठाएका छन्।
Modiji can I walk yaan uspe bhi baan hai…
— Kunal Kamra (@kunalkamra88) January 29, 2020
कामराले पहिलो पटक आफूले त्यस्तो बेहोर्नुपरेको भन्दै किन त्यसरी आफूमाथि तोकेरै प्रतिबन्ध लगाइयो भनी प्रश्न गरेका छन्।
विगतमा गोस्वामीका संवाददाताहरूले त्यसरी प्रश्न सोध्ने गरेको सन्दर्भमा सामाजिक सञ्जालमा धेरैले यसलाई “दोहोरो चरित्र” को उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
सरकारले आलोचकलाई चुप लगाउन खोजेको भन्दै कङ्ग्रेस पार्टीका नेता राहुल गान्धीले कामरालाई लगाइएको प्रतिबन्धको आलोचना गरेका छन्।
ट्विटरमा उनले “ती जसले आफ्ना ‘न्यूज; क्यामरा प्रपोगान्डा फैलाउने साधनका रूपमा चौबीसै घण्टा प्रयोग गर्छन् तिनले आफूतिर क्यामरा सोझिँदा आँट देखाउनुपर्छ” लेखेका छन्।
रिपब्लिक टेलिभिजिनको प्रश्न खेपेका विपक्षी कङ्ग्रेस पार्टीका नेता नेता शशी थरूरले ट्विटरमा “गोस्वामीका क्यामरा र माइकको हतियारबाट सुसज्जित गुन्डाहरूले वायुसेवाका कर्मचारीले रोक्न नभनेसम्म दुईवटा उडानमा आफूलाई पनि त्यस्तै किसिमका शब्दहरू प्रयोग गरी प्रश्न गरेको” लेखेका छन्।
कतिपयले ती वायुसेवाका कदमलाई पूर्ण रूपमा राजनीतिक निर्णय भनिरहेका छन् र उनीहरूले विमानभित्र हालै विवाद निम्त्याएका भारतीय जनता पार्टीका एक सांसदलाई कारबाही नगरिएको प्रसङ्ग उठाएका छन्।
The truth is that it was time someone gave him a taste of his own medicine. These are the words he regularly uses to berate his innocent victims, except he does so in a hectoring, bullying manner & at higher volume & pitch than @kunalkamra88 does in this video. https://t.co/e94B8WcEtj
— Shashi Tharoor (@ShashiTharoor) January 28, 2020
So, basically Kunal Kamra got an airline ban for behaving like Arnab Goswami with Arnab Goswami onboard a flight.
— Don Tippler (@MrTippler) January 28, 2020
आलोचकहरूले इन्डिगोलाई बहिष्कार गर्न आह्वान गर्न ट्विटरमा ह्याशट्यागसहित अभियान चलाएका थिए।
तर कतिपयले प्रतिबन्धलाई समर्थन गर्दै कामराले ‘उपद्रो गरेको’ र उनी यात्रुको सुरक्षाका लागि जोखिम भएको तर्क गरेका छन्।
तर कामरालाई प्रतिबन्ध वा आलोचनाले विचलित बनाएको देखिँदैन।
एउटा विज्ञप्तिमा उनले आफू दु:खी नभएको किनभने आफूलाई कुनै गल्ती वा आपराधिक गतिविधि गरे जस्तो नलागेको उल्लेख गरेका छन्। उनले “आफूले एक जना यात्रुबाहेक सबै जनासँग क्षमा” मागेका छन्।


















