काठमाडौँ, १७ माघ । गृहसचिव प्रेमकुमार राईले बिहीबार मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष राजीनामा दिनुभएको छ ।
गृह मन्त्रलायको उच्च स्रोतले सचिव पदमा पाँच वर्ष बिताएर माघ २२ गते बुधबारबाट अनिवार्य नियमित अवकास पाउन लाग्नुभएका गृह सचिव राईले ६ दिनअघि नै राजीनामा बुझाएर अवकाश लिनुभएको हो ।
माघ १९ गते आइतबारबाट लागू हुनेगरी उहाँले राजिनामा गर्नुभएको बुझिएको छ ।
पदावधि छँदै राजीनामा गर्दा बढी पेन्सन पाउनेभ भएकाले उहाले बुधबार नै राजीनामा गर्नुभएको हो ।


















