काठमाडौं, २२ माघ । राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरी उनको विरुद्धमा लागेका कांग्रेस कम्युनिष्टका नेताहरुलाई सम्पत्तिको उपयोगबाट बेदखल गराई घुँडा टेकाएर आफ्ना कदमको समर्थन गराउने परिस्थिति सिर्जना गराउन विशेष परिस्थिति ऐन २०१७ अन्तरगत स्थानहदको सूचना जारी गरी कब्जा गरेको नेपाली कांग्रेसका नेता सुवर्ण समशेर जबरा उहाँका सुपुत्र कञ्चन समशेरको भागमा परेको ५७ । ५७ रोपनी जग्गामध्ये नेपाल सरकारको २०४७ जेठ १४, २०४७ साउन ८ र २०४७ भाद्र ३ गतेको निर्णय अनुरुप १ सय १२ रोपनी मोही कायम भएको जग्गा फिर्ता दिने निर्णयमा संलग्न कर्मचारी र जग्गा लिने जग्गाधनी तथा मोहीहरु तथा लिएको जग्गा विक्री गर्ने कार्यमा संलग्न व्यवसायी गरी अख्तियार अनुसन्धान दुरुपयोग आयोगले १ सय ७५ जनालाई बुधबार काठमाडौं विशेष अदालतमा मुद्दा चलाएको छ ।
आयोगले मुद्दा चलाएका व्यक्ति र उनीहरु उपर लगाएका आरोप हेर्न यो लिंकमा क्लिक गर्नुहोस् : http://ciaa.gov.np/uploads//pressRelease/hbuIS0.pdf


















