काठमाडौं, ५ फागुन। नेपाल विद्युत प्राधिकरणको वितरण अन्तरगतको विद्युतीय तार भूमिगत परियोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको छ। नेपाल विद्युत प्राधिकरणको महत्वकांक्षी परियोजनाको सोमबार राजधानीमा महाराजगञ्जमा शुभारम्भ गर्नुभएको हो।
नमुना परियोजनाका रूपमा प्राधिकरणले अघि बढाएको उपत्यकाको अण्डरग्राउण्ड केबलिड. प्रणालीले पहिलो चरणमा रत्नपार्कदेखि महाराजगञ्जसम्मको विद्युतीय तार भूमिगत गर्नेछ। त्यसका लागि प्राधिकरणले सडकको छेउमा २ @२ मिटर लम्बाई र चौडाइ भएका खाल्डा खनेर त्यसबाट भित्र भित्रै १०० मिटर सम्म सानो सुरुङमार्ग निर्माण गर्नेछ।
१००@१०० मिटरको दुरीमा १० ठाउँमा खाल्डा खनेर एक किलोमिटर सम्ममा तार बिच्छ्याउन सकिन्छ। त्यसपछि क्रमैसँग तार बिच्छ्याएका खाल्डा खुल्डीलाई एक हप्तादेखि बढीमा १० दिन भित्र मर्मत गरेर सडकलाई पहिलेकै गुणस्तरमा कालोपत्रे गरिने छ।
सडकमा खाल्डा खन्नको लागि प्राधिकरण र सडक विभागबीच गत हप्ता मात्रै सम्झौतापत्रमा हस्ताक्षर भएको हो। गत वर्ष चैत्रमै अण्डरग्राण्ड केबलिङका लागि ठेक्का सम्झौता गरिएपनि सडक विभागले सडकमा खाल्डा खन्न स्वीकृति दिन ढिलाइसँगै भूमिगत संरचनाको अध्ययन गर्न केही समय लागेपछि करिब एक वर्षपछि मात्रै आयोजनाको काम अघि बढेको हो।
यस कार्यक्रम अन्तरगत पहिलो चरणमा रत्नपार्क महाराजगञ्जको ५ किलोमिटर सडकमा खाल्डा खन्न अनुमति दिइएको छ। उक्त सडकको काम हेरेपछि विभागले थप ठाउँमा खाल्डा खन्न स्वीकृति दिने छ। सडकको पुरानै गुणस्तरअनुसार प्राधिकरणले मर्मत गर्न नसके थप ठाउँमा खाल्डा खन्न विभागले स्वीकृति नदिने सडक विभागले बताएको छ ।
पूर्ववत् अवस्थामा सडकको मर्मत गरेमा थप ५ देखि १० किलोमिटर दुरीमा विद्युतीय तार भूमिगत गर्न विभागले प्राधिकरणलाई अनुमति दिने छ। त्यसको काम पनि चित्तबुझ्दो भए थप २० किमिसम्ममा सडकमा खाल्डा खन्न स्वीकृति दिने छ। यसरी प्राधिकरणले ३० महिनाभित्र उपत्यकाको ४०० किमि क्षेत्रमा विद्युतीय तार भूमिगत गरिसक्ने जनाएको छ।
प्राधिकरणले एकैपटक ४०० किमि सडकमा खाल्डा खन्न अनुमति मागेपछि सडक विभागले स्वीकृति दिएको थिएन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अघि बढाउन खोजेमध्येको महत्वकांक्षी योजना ुअण्डर(ग्राउण्ड केबलीङु को पहिलोपटकको ठेक्का प्रक्रिया बीचैमा रद्द भएको थियो। दोस्रोपटकको टेण्डर प्रक्रियाबाट मात्रै गत वर्ष चैतमा ठेक्केदार नियुक्त गरिएको थियो।
अहिले ठेकेदार कम्पनीले आवश्यक उपकरणहरु पनि भित्र्याइसकेको छ। मेसिनको सहायताले होरिजेन्टल डाइमेस्नल ड्रिलिङ प्रविधिबाट एक ठाउँमा खाल्डो खनेर १०० मिटर परसम्म भित्रैभित्रै सुरुङ खन्न सकिन्छ। ढल वा खानेपानीका पाइप राखे जस्तो पुरै सडक खन्नु पर्दैन।
प्राधिकरणले पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका एक लाख घरमा भूमिगत तारबाट विद्युत पुर्याउने योजनासहित भारतीय कम्पनी केइआई इण्डष्ट्रिजसँग ठेक्का सम्झौता गरेको छ।
पहिलो चरणमा रत्नपार्क, न्युरोड, असन, ठमेल, लाजिम्पाटहुँदै महाराजगञ्ज र बानेश्वर एयरपोर्ट हुँदै चाबहिल र बौद्ध सम्मका बिजुलीका तार भूमिगत गरिने प्राधिकरणले जनाएको छ। काम सुरु गरेको ३० महिनाभित्र भूमिगत तारबाट उपत्यकाका एक लाख घरमा विद्युत पुर्याउने लक्ष्य छ