काठमाडौं, ५ फागुन । नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त हुनुभएको छ ।
यसभन्दा अघि पौडेल नेपाल व्यवस्थापन संघमा आवद्ध हुनुहुन्थ्यो ।
परिसंघमा यसअघि कार्यरत महानिर्देशक मेघनाथ न्यौपाने परिसंघको वरिष्ठ सल्लाहकारमा नियुक्त हुनुभएको छ ।
परिसंघका अध्यक्ष सतिश कुमार मोरले परिसंघमा आयोजित एक कार्यक्रममा नवनियुक्त महानिर्देशक र वरिष्ठ सल्लाहकारलाई परिसंघलाई थप प्रभावकारी बनाउन नवनियुक्त महानिर्देशक एवं वरिष्ठ सल्लाहकारको सक्रिय सहयोग हुने विश्वास गर्नुभएको थियो ।