Prakash Adhikari February 19, 2020

काठमाडौं, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपालका झण्डै डेढ दर्जन सम्पादकहरुले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको स्मरण गराउदै मित्रराष्ट्र चीनको नेपालस्थित राजदूतावासले नेपाली सञ्चारमाध्यममा सम्बन्धमा व्यक्त गरेको विचारको विरोध गरेका छन् ।

राजधानीबाट प्रकाशित हुने कान्तिपुर मिडिया ग्रुपको द काठमाडौं पोस्ट अंग्रेजी दैनिमा बुधबार छापिएको लेखसँगै राखिएको चिनीया नेता माओत्से तुङको मास्क लगाएको फोटो छापिएकोमा चिनिया राजदूतावासले सो लेख, र सम्पादकका सम्बन्धमा प्रकाशित गरेको विज्ञप्तिको सम्पादकहरुले विरोध गरेका हुन् ।

मंगलबारको काठमाडौं पोष्टमा ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ शीर्षकमा एसिया न्युज नेटवर्कको आर्टिकल प्रकाशित भएको थियो। उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का लागि पूर्व अमेरिकी राजदूत इभो ड्याल्डरको उक्त लेखमा चिनियाँ मुद्रा युआनको माओत्से तुङको तस्बिरमा मेडिकल मास्क लगाइएको थियो। उक्त लेख सिकागो ट्रिब्युन र द कोरियन हेराल्डमा पहिल्यै प्रकाशित भैसकेको थियो ।

यही विषयमा चिनियाँ दूतावासले मंगलबार विज्ञप्ति निकाल्दै काठमाडौं पोष्टका सम्पादक अनुप काफ्लेले यसअघिदेखि नै चीनविरोधी समाचार छापेको र यो पटक सबै सीमा नाघेको उल्लेख थियो। दूतावासले काफ्लेलाई चीनविरोधी शक्तिको गोटी बनेको आरोप पनि लगाएको छ ।

सम्पादकहरुले प्रेसमा आएका सामाग्रीप्रति असहमति राख्ने, खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको सम्मान गर्ने बताउदै भनेका छुन, कुनै विचार वा तस्बिर प्रकाशित गरेवापत सम्पादकको नामै उल्लेख गरेर लाञ्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ। त्यस्तो कार्यको हामी घोर भत्र्सना गर्छौँ। दूतावासको विज्ञप्तिले कूटनीतिक मर्यादा पनि नाघेको छ।’

 

Share Now

Leave a comment.