Prakash Adhikari February 26, 2020

काठमाडौं, १४ फागुन । साताको चौथो दिन बुधवार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबारमा नयाँ रेकर्ड कायम भएको छ ।

बुधबार नेप्से ५०.९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलब ४३ विन्दुमा कायम भएको छ । बुधबार सेयर बजारमा ४ अर्ब १५ करोड ४८ लाख ८३ हजारको कारोबार भएको छ । जुन नेपाल स्टक एक्सचेञ्जको अहिलेसम्मको इतिहासकै सबैभन्दा बढी कारोबार हो ।

बुधबार बजारमा १ सय ८० कम्पनीको ९९ लाख ६ हजार ९८९ कित्ता सेयर किनबेच भएको छ ।

नेप्से परिसूचक बढेसँगै बुधबार एभरेष्ट बैंकको परिवर्तिय अग्राधिकार शेयर, राष्ट्रिय बीमा कम्पनी कम्पनी, युनिलिभर नेपाल र कालिका पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।त्यसैगरी, यस दिन गुराँस लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, सिभिल लघुवित्त र जोशी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

Symbol LTP % Change Qty
EBLCP 671.00 10 532
RBCL 12,431.00 10 2,322
UNL 21,596.00 10 270
KPCL 122.00 9.91 18,125
GLICL 1,026.00 9.73 101,996
RBCLPO 11,013.00 9.64 4,002
CLBSL 1,387.00 9.47 15,231
JOSHI 70.00 9.37 4,420
KKHC 61.00 8.93 700
NFS 150.00 8.7 6,537

राधी विद्युत कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ८.२९ प्रतिशत घटेको छ। त्यसैगरी, अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य ७.९६ प्रतिशत घटेको छ।

बुधबार ८ वटा कम्पनीको १० करोड भन्दा माथिको सेयर किनबेच भएको छ । कारोबार रकमका हिसाबले सबैभन्दा बढी रकमको सेयर कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्सपरेको छ । यसको २१ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार शिवम् सिमेन्ट्स, नेपाल बैंक, हिमालयन डिष्टिलरी, नेको इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र एनआईसी एशियाको कारोबार रकम १० करोड नाघेको छ।

 

Symbol Turnover Closing Price
As of 2020-02-26 15:00:00
NLIC 219,947,257.00 1,494.00
SHIVM 184,958,163.00 726.00
NBL 179,673,031.00 308.00
HDL 167,134,171.00 1,880.00
NIL 112,458,521.00 695.00
NICL 109,314,553.00 536.00
GLICL 104,134,924.00 1,026.00
NICA 101,202,808.00 610.00
LICN 83,699,904.00 1,740.00
PRVU 83,461,132.00 277.00
Share Now

Leave a comment.