Prakash Adhikari February 26, 2020

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा लिजमा आफ्नो कुनै संलग्नता नरहेको बताउनुभएको छ ।

नेपाल ट्रष्टका अध्यक्ष एवम् उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले मंगलबार ट्रष्टको सम्पत्ति व्यवस्थापनका सम्बन्धमा सार्वजनिक गर्नुभएको विवरणमा पूर्व प्रधानमन्त्री देउवाका पालामा समेत सम्पत्ति लिजमा दिने निर्णय भएको बताउनुभएको थियो ।

कांग्रेस सभापति देउवाले उपप्रधानमन्त्रीको सो कार्यले भ्रम सृजना गरेको भन्दै आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नभएको जनाउदै भन्नुभएको छ, मेरो सहभागिता वेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ ।

उहाँले नेपाल ट्रष्ट ऐन २०६४ ले ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रुपमा परिभाषित गरिएको बताउदै यसले गर्ने या गरिएका निर्णयमा प्रधानमन्त्रीका रुपमा आफूलाई गाँस्नु राजनैतिक र कानूनी दृष्टिले गलत भएको बताउनुभएको छ ।

उहाँले यो प्रकरणलाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्ने चालको रुपमा अथ्र्याउनुभएको छ ।

कांग्रेस सभापति देउवाले कुनै पनि प्रकृतिका सुनियोजित भ्रमपूर्ण प्रचारबाट मुक्त भएर कमिसनतन्त्रका अनेकौ घटनाविरुद्ध दवावलाई निरन्तरता दिन सबै सचेत नेपालीमा अपिल पनि गर्र्नुभएको छ ।

Share Now

Leave a comment.