Prakash Adhikari February 29, 2020

बैंकक(थाइल्याण्ड), १७ फागुन । एसीसी कपको छनौट चरणको रुपमा रहेको इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल मलेसियासंग २२ रनको अनपेक्षित पराजय सामना गर्न विवस भएको छ ।

शनिवार थाइल्याण्डको राजधानी बैंककस्थित टे्रडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको छ ।

१ सय ५५ रनको लक्ष्य पछ्याएको नेपाल १ बल बाँकी छदै १ सय ३२ रनमा रोकिन पुग्यो ।

Image

नेपालको ब्याटिड.को ओपनिड. कुशल मल्ल र ज्ञानेन्द्र मल्लले गरेका थिए । तर कुशल मल्ल खाता नै नखोली पहिलो ओभरमै आउट भए । त्यसपछि ब्याट सम्हालेका पारस खड्का र ज्ञानेन्द्र मल्लले २१ रनको साझेदारी गरे । पारस खड्का ९ रन बनाएर आउट भए ।

पारसको स्थानमा आएका उपकप्तान दीपेन्द्रसिंह ऐरीको साथमा कप्तान मल्ल ले ६७ रनको साझेदारी गरेका थिए ।तर टिमको स्कोर ८९ रन हुँदा कप्तान मल्ल आउट हुन पुगे । उनी ३८ रन बनाएर पभेलियन फर्किएका हुन् ।

व्यक्तिगत ३८ रन बनाउदा उपकप्तान दीपेन्द्रसिंह ऐरी पनि आउट भएपछि नेपालको चौथो विकेट गुम्यो । जतिबेला नेपालको स्कोर १ सय १० रन थियो । यतिबेलासम्म नेपालको आशा जीवित नै थियो ।

तर पवन सर्राफ १९ रन बनाएर १७ औं ओभरमा पेभिलियन जान बाध्य हुनु, १८औं ओभरमा छैटौं विकेटको रुपमा आरिफ शेख १ सय २४ को स्कोर हुँदा ५ रनमा र १९औं ओभरमा टिमको स्कोर १ सय २९ रन हुँदा करण केसी सातौं विकेटको रुपमा मात्र २ रन बनाए आउट हुँदा नेपालको मनोबल गुम्यो । ब्याट्सम्यानहरुले लिन चुकेको रन लिने हैसियतमा नेपालका बलरहरु पुगेका छैनन् ।

नेपालको स्कोर १ सय ३२ रन हुँदा विनोद भण्डारी मात्र ७ रनमा आउट हुँदा १९.२ ओभरमा नेपालले आठौं विकेट गुमायो । त्यसपछि ब्याट सम्हालेका सन्दीप लामिछाने पनि क्रिजमा टिक्न सकेनन् । नवौं विकेटको रुपमा १ रन बनाएर आउट भए ।

लगत्तै सुशन भारी पनि डक आउट भएपछि नेपाली टिम १ बल बाँकी छदै १ सय ३२ रनमा रोकिन पुग्यो ।

Image

नेपाललाई रोक्ने क्रममा मलेसियाका श्रविन मुनिडीले ४ विकेट लिँदा पवनदीप जगजित सिंह, सेदरुल इद्रिस, खैजर हायातले २ । २ विकेट लिए ।

यस पहिले टस जितेर ब्याटिड. गरेको मलेसियाले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउदै १ सय ५४ रन बनाएको थियो ।

सुरुआत राम्रो गर्न नसकेको मलेसिया मध्यक्रममा सम्हालिएको थियो ।१५ रनमा दुई विकेट गुमाएको मलेसियाका लागि ओपनर भिरनदीप सिंह ३ रनमा आउट भए भने खिजर हायातले खाता खोल्न सकेनन् । तर त्यसपछि मोहम्मद अनवर अरुद्दिनले ३१ रन बनाए भने अहमेद फेइज नुरले ३० रन बनाए । यस्तै मोहम्मद अरिफले १ रनमात्र जोडे ।

मलेसियाले ५३ रन बनाउँदा तीन विकेट गुमाएको थियो भने ८७ रनमा चौथो र ८९ रनमा पाँचौ विकेट गुमाएको थियो ।

छैटौ विकेटका लागि सेइद अजिज र अनिमुद्दिन राम्लेबिचमा अर्धशतकीय साझेदारी भएको थियो । जसमा सेइदले अर्धशतकीय पारी खेले । उनले ३५ बलमा ५१ रन बनाए । भने राम्लेले २९ रनको योगदान गरे ।

मलेशियालाई रोक्ने क्रममा बलिङमा अभिनाशले २ तथा सन्दीपले ३ विकेट लिएका थिए ।

आजको लिएको विकेटले नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने टी २० प्रतियोगितामा शतक(१००)विकेट लिने कीर्तिमान कायम गरेका छन् ।

उद्घाटन खेलमा सिंगापुरको विजयी 

Image

शनिवारै भएको उद्घाटन खेलमा सिंगापुरले विजयी शुरुवात गरेको छ । सिंगापुरले घरेलु टोली थाइल्याण्डलाई ४३ रनले हरायो ।
टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले निधारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो ।

१ सय ४० रनको लक्ष्य पछ्याएको घरेलु टोली थाइल्याण्ढ एक ओभर बाँकी छँदै ९६ रनमा अलआउट भयो ।

पहिलो दिनको पराजयले नेपालले बाँकी खेल जित्नै पर्ने दवाव सिर्जना गरेको छ । प्रतियोगितामा नेपाल, मलेसिया, थाइल्याण्ड, सिंगापुर र हङ्कङ् सहभागी छन् ।

५ टीम सहभागी प्रतियोगितामा सबै टीमले एकअर्कासंग १ । १ खेल खेलिसकेपछि अंकतालिकामा शीर्षमा रहने २ टिम एसिया कप छनौट खेल्न छनौट हुनेछ।

एशिया कप अन्तर्गत पश्चिम एशिया क्षेत्रको छनौट प्रतियोगिताबाट युएई र कुवेत छनौट भैसकेका छन्।

एसिया कप छनौटमा पूर्व र पश्चिम क्षेत्रबाट पुगेका ४ टिम मध्ये उत्कृष्ट हुने एक टीम आगामी सेप्टेम्बरमा पाकिस्तानमा तय गरिएको टि २० एसिया कपमा छनौट हुनेछ।

Share Now

Leave a comment.