Prakash Adhikari March 4, 2020

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

अब प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला हुनेछन् । मृगौला प्रत्यारोपण गर्दा शरीरमा भएको मृगौलालाई यथावत राखी थपिएको मृगौलाबाट शरीरको निसृत पिशाव जाने व्यवस्था मिलाइन्छ ।

उहाँको शरीरमा दुईवटा आफ्नै एउटा २०६४ सालमा राखेको र एक अहिले राखेको मृर्गौला रहेका छन् ।

यसपटक प्रधानमन्त्री ओलीलाई २६ बर्षीया समीक्षा संग्रौलाले मिर्गौला दिनुभएको हो ।

मृगौला पुन: प्रत्यारोपणमा सरिक चिकित्सक टोलीका सदस्य प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ ।

प्रधानमन्त्री ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा उहाँको नातामा बुहारी पर्ने अञ्जना घिमिरेले दिनुभएको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

त्यसले राम्रोसँग काम नगरेपछि गत साउन महिनाबाट उहाँको शरीरमा समस्या देखिएको थियो ।

सिंगापुर नेशनल अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा उहाँको शरीरमा एण्टिबडी विकसित भएकोले त्यसलाई शून्यस्तरमा झार्नुपर्ने सुझाव आएको थियो । सोको लागि उहाँ भदौंमा पुन सिंगापुर नेशनल अस्पतालमा भर्ना भई प्लाज्मा फेरोसिस विधिबाट शरीरको एण्टिबडीको ४ हप्ता लामो उपचार गरेर फर्कनुभएको थियो ।

गत कात्तिकबाट उहाँको नियमित डायलासिस गर्न थालिएको थियो । पछिल्लो डायलासिस हिजो मंगलबार टिचिड. अस्पतालमै सम्पन्न गरिएको थियो ।

Share Now

Leave a comment.