काठमाडौं, २२ फागुन । जमैका निवासी ‘मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपाली सुन्दरीहरुले सञ्चालन गरेको सामाजिक सेवाका प्रोजेक्टहरु हेन नेपाल आइपुग्नुभएको छ ।
बिहिबार नेपाल आइपुग्नुभएकी टोनीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थालमा मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले स्वागत गर्नुभएको थियो।
तीन दिन लामो भम्रण तय गरेर टोनी नेपाल आइपुग्नुभएको हो ।
मिस नेपाल आयोजक संस्था हिडन ट्रिजर तथा पर्यटन मन्त्रालयसँगको समन्वयमा नेपाल आउनुभएको टोनीसंग मिस वर्ल्ड आयोजक संस्थाका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्भि डग्लसमेत नेपाल आउनुभएको छ ।
टोनीले मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवाडाले सञ्चालन गरिरहेको प्रोजेक्ट अवलोकन गर्नुहुनेछ ।
उहाँ २०१९ की नेपाल सुन्दरी तथा मिस वल्र्ड २०१९ की ब्युटी वीथ पर्पाेजको टाइटल विजेता अनुष्का श्रेष्ठले हेलम्बुको सोल्सिड. गाँउमा सञ्चालन गरिरहेको प्रोजेक्ट र हिमालय ग्रेट ट्रेल अवलोकन गर्ने कार्यक्रम छ ।
त्यसपछि मकवनपुर जाने निर्धारित कार्यक्रम भएकी पूर्व मिस नेपाल श्रृंखला खतिवडाले गरिरहेको चेपाड. वस्तीमा स्वास्थ्य सेवासम्बन्धी प्रोजेक्ट अवलोकन गर्नुहुनेछ ।
दुवै मिस नेपालले आफूले गरिरहेको प्रोजेक्टको भिडियो देखाएर मिस वर्ल्डमा ‘ब्युटी युथ पर्पोस’को टाइटल जितेका थिए ।
नेपालले अहिलेसम्म मिस वर्ल्डमा तीन पटक ‘ब्युटी युथ पर्पोस’को टाइटल जितिसकेको छ ।