Prakash Adhikari March 12, 2020

 

क्वीनस्ल्याण्ड(अष्ट्रेलिया), २९ फागुन । ओस्कर विजेता अभिनेता टम ह्याङ्क्स्‌ले आफू र आफ्नी श्रीमती रिट विल्सनमा कोरोनाभाइरस सङ्क्रमण देखिएको खुलासा गर्नुभएको छ।

६३ वर्षीय टमले आफ्नो इन्स्टाग्राममा रुघाखोकी चिसो लागेको लक्षण दुवैजनामा देखिएपछि क्वीन्सल्याण्डमा चिकित्सकको सुझावमा परीक्षण गराएको बताउनुभएको छ।

अधिकारीहरूका अनुसार उहाँहरु दुवैजना अहिले अस्ट्रेलियाको अस्पतालमा स्थीर स्वास्थ्य अवस्थासहित अलग्गै बस्नुभएको छ।

ह्याङ्क्स्‌ले अमेरिकी गायक तथा अभिनेता एल्भिस प्रेस्लीबारे फिल्म बनाएकाले यो जोडी अस्ट्रेलियाको गोल्ड कोस्टमा थियो।

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले कोरोनाभाइरसको प्रकोपलाई विश्वव्यापी महामारी घोषणा गरेको केही समयपछि टम र उनकी पत्नीमा सङ्क्रमण भएको पत्ता लागेको हो।

ह्याङ्क्स्‌ले इन्टाग्राममा लेख्नुभएको छ, ूहामीले रुघाखोकी लागेजस्तो अलि थकित महसुस गरेका थियौँ, र हाम्रो जिउ पनि दुखेको थियो। रिटलाई चिसो लागेको थियो र थोरै ज्वरो पनि थियो।ू

ूअहिले विश्वमा आवश्यक देखिएजस्तो हामी समय अनुसार चल्न खोज्यौँ र कोरोनाभाइरसको परीक्षण गरायौँ, र हो रहेछ भन्ने देखियो। ू

एकेडेमी अवार्ड विजेता ह्याड.सले, आफू र श्रीमती विल्सनले त्यसबारे विश्वलाई जानकारी गराइरहने बताउनुभयो।

सन् २०१३ मा ह्याङ्क्स्‌ले आफूलाई मधुमेह भएको बताउनुभएको थियो।

ब्रिटेनको परोपकारी स्वास्थ्य अनुसन्धान संस्था डाइबिटिज युकेले त्यस्तो रोग भएका मानिसमा कोरोनाभाइरसको लक्षण जटिल देखिने भन्दै कसरी सावधानी अपनाउने भन्नेबारे सुझावहरू जारी गरेको छ।

समर्थन
गायिका तथा अभिनेत्री विल्सनले गत साता ब्रिज्बेनको इम्पोरियम होटल र सिड्नी ओपेरा हाउसमा साङ्गीतिक कार्यक्रम गर्नुभएको थियो।

‌ओपेरा हाउसका कर्मचारीले समाचार संस्था एएफपीसँग आफूहरूले उक्त साङ्गीतिक कार्यक्रममा टम र विल्सनसँग सम्पर्कमा आएका हुनसक्ने करिब २ सय ७ जनाको पहिचान गर्न अधिकारीहरूलाई सघाइरहेको बताइएको छ ।

विल्सन च्यानल नाइनको टेलिभिजन कार्यक्रम टुडे एक्स्ट्रामा देखापर्नुभएको थियो।

उक्त कार्यक्रमका प्रस्तोता र टोलीका सबैलाई अहिले क्वारन्टीनमा राखिएको छ।

सामाजिक सञ्जालमा यो दम्पतीप्रति समर्थन व्यक्त गरिएको छ।

अस्ट्रेलियामा १ सय ३० जना भन्दा बढीमा कोरानाभाइरसको सङ्क्रमण देखा परिसकेको छ।(बीबीसीबाट)

Share Now

Leave a comment.