Prakash Adhikari March 13, 2020

काठमाडौं, २९ फागुन । सरकारले कोरोना संक्रमण भएका देशका नागरिकहरुका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय गर्दै तत्कालका लागि पर्यटक भिसा नदिने निर्णय गरेको छ ।

भारत सरकारले आजदेखि आइतबारसम्म लागु हुने गरी कुटनीतिक नियोग राष्ट्र संघीय निकायबाहेकका सबै वर्गका नागरिकका लागि भारत प्रवेशका लागि दिइएको भिसा अप्रिल १५ अर्थात आइतबारसम्मका लागि निलम्बन गरेको छ । तर नेपालमा भने यस्तो पर्यटकीय भिसा कहिलेबाट कहिलेसम्मका लागि रोक्ने भन्ने तय गरिएको छैन् । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यन्वयन समितिले यसको निर्णय गर्ने बताइएकोछ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड १९( लाई महामारीको घोषणा गरेपछि नेपाल सरकार पनि यसको प्रभावबाबिहीबार उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । बैठकमा तत्कालका लागि पर्यटक भिसा रोक्ने निर्णय गरेको हो ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण विश्वभर फैलिँदै गएपछि सरकारले सुरुमा ५ देश र पछि थप ३ देशका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय गरेको थियो । सरकारले कोरोना भाइरसको संक्रमण नभएको प्रमाणपत्र पेश गरेपछि मात्र सम्बन्धित देशको दूताबासमार्फत भिसा लिनुपर्ने र नेपालमा आफैं क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको थियो ।

तर बुधबार मात्र डब्लूएचओले कोरोना भाइरसले महामारीको रुप लिएको घोषणा गर्‍यो । लगतै अमेरिकाले बेलायत बाहेक युरोपेली देशबाट यात्रा रोक लगाएको छ भने भारतले पनि १५ अप्रिलसम्म पर्यटन भिसा नदिने निर्णय गरेको छ ।

सरकारले भारततर्फका आवत जावतका लागि नाका सिमित गर्ने र चेकजाँच कडा बनाउने निर्णय गरेको छ । यसका लागि गृह र परराष्ट्र मन्त्रालयले भारत सरकारसँग समन्वय गर्ने भनिएको छ ।

संक्रमण देखिएमा आवश्यक पर्ने क्वारेन्टाइन, आइसोलेसन वार्डका साथै स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि चाहिने उपकरणको आपूर्ति बढाइने निर्णय पनि बिहिबार बसेको समन्वय समितिले गरेको छ ।

स्वास्थ्य जनशक्तिका लागि मेडिकल कलेजका साथै रेडत्रmस, स्टाकाउट लगायतका संघ संस्थाबाट पनि स्वयमसेवक खटाउन सक्ने गरी तयारी गर्ने निर्णय भएको छ ।

उच्चस्तरीय समन्वय समितिको बैठकले यो सिजनको हिमाल आरोहण पनि स्थगित गर्ने निर्णय गरेको छ ।

विद्यालय तथा कलेजहरुका हकमा भने संक्रमण देखिहालेमा तत्काल निर्णय गरी उपयुक्त कदम चाल्ने निर्णय भएको छ । समितिले राजनीतिक भेलाका साथै विवाह भोजभत्तेर कम गर्न समेत सार्वजनिक रुपमा आह्वान गरेको छ ।

Share Now

Leave a comment.