मुम्बई(भारत), ४ चैत्र । भारतका चर्चित वरिष्ठ कलाकार दीलिपकुमारले कोरोनाको संक्रमणपूर्व नै एकान्तवास र क्वारेन्टाइनमा भएको जानकारी दिनुभएको छ ।
९७ बर्षीय दीलिपकुमारले नोभेल कोरोनाभाइरसको महामारीबाट बच्नका लागि सावधानीस्वरुप आफूलाई पूर्ण आइसोलेशन र क्वारेन्टाइनमा राखेको बताउनुभएको छ ।
भारतीय सिने जगतका अद्धितीय प्रतिभा दीलिपकुमारले आफ्नी श्रीमती सायरा बानुले यो उमेरमा कुनै संक्रमण नहोस् भन्ने कुराको सुनिश्चित गरिरहेको पनि उल्ल्ेख गर्नुभएको छ ।
https://twitter.com/TheDilipKumar/status/1239617934319730688
‘कोरोना भाइरसको महामारी फैलेपछि मैले आफूलाई पूर्ण रुपमा आइसोलेशन र क्वारेन्टाइनमा राखेको छु,’ दीलिपकुमारले आफ्नो ट्वीटमा भन्नुभएको छ, ‘सायराले मलाई कुनै पनि संक्रमण नहोस् भन्ने कुराको सुनिश्चित गरेकी छिन् ।’
नायक दीलिपकुमारले आफ्ना प्रशंसक र अनुगामीलाई सकेसम्म घर भित्रै बस्न आग्रह गर्दै भन्नुभएको छ,
‘कोरोनाभाइरसले सबै सीमा पार गरिरहेको छ । स्वास्थ्य विभागले जारी गरेको गाइडलाइन अनुसरण गर्नुहोस्, अरुलाई कमै भेट्नुहोस् ।’
गत हप्ता बानुले दिलिप कुमारलाई अत्यधिक ढाड दुख्ने समस्या देखिएको बताएकी थिइन् ।