Prakash Adhikari January 18, 2018

काठमाडौं, ४ माघ । सरकारले सातै प्रदेशका अस्थायी केन्द्रहरु तोकेपछि प्रदेश राजधानीको आश्वासन पाएका शहरहरुमा विरोध प्रदर्शन चर्किएका छन्।

प्रदेश नं १ को अस्थायी मुकाम विराटनगर तोकिएपछि पञ्चायतदेखि हालसम्म पूर्वाञ्चल विकास क्षेत्रको केन्द्र रही आएको घनकुटामा आन्दोलन चर्किएको छ , दर्जनौ सरकारी कार्यालयमा तोडफोड रआगजनी पश्चात धनकुटामा कफूर्य लगाइएको छ ।

प्रदेश नं २ को अस्थायी राजधानी जनकपुर तोकिएपछि तराई आन्दोलनको केन्द्र रहेको वीरगञ्जवासीहरु आफ्नो शहर राजधानीको लागि सबै कुराले उत्तम र सक्षम भएको दावी गर्दै आन्दोलनमा उत्रिएका छन् । साँझदेखि पसलहरु खुलेका छन् ।आन्दोलनकारीहरुले आन्दोलनलाई नयाँ रुप दिने बताएका छन् ।

निेर्वाचनका बेलामा ५ नं प्रदेशको राजधानी दाड.लाई दिने आश्वासन पाएका दाड.वासीहरु सरकारले प्रदेशको अस्थायी राजधानी बुटबललाई तोकेपछि चर्को आन्दोलनमा उत्रिएका छन् ।

त्यहाँ अस्पताल बाहेक सबै सरकारी कार्यालयहरु पूर्णरुपमा बन्द गर्ने, बजार बन्द गर्ने, कर नतिर्ने तथा आसन्न राष्ट्रिय सभाको चुनावलाई प्रभावित पार्ने गरी आन्दोलन गरिएको आन्दोलनकारीहरुले बताएका छन्।

साथै धनगढीलाई ७ नम्बर प्रदेशको अस्थायी केन्द्र तोकिएपछि डोटीको दिपायलमा आन्दोलन भएको छ। पञ्चायतकाल र त्यसयता हालसम्म सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकामको रुपमा रहेको दिपायललाई छोडेर प्रदेशको अस्थायी केन्द्र् धनगढी तोकिएपछि डोटेलीहरु आन्दोलनमा उत्रिएका हुन । त्यहा पनि आन्दोलनकारीले सवारी साधन र सरकारी कार्यालय तोडफोड र आगजनी गरेका छन् ।

त्यहाँ बिहीवार भीडलाई तितरबितर पार्न अश्रु ग्यास प्रयोग भएको बताइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा समेत प्रदेश ७ को राजधानी डडेलधुरालाई नबनाइएकोमा विरोध भएको छ ।

सरकारले प्रदेशको अस्थायी मुकाम तोके पनि प्रदेशको नामाकरण र राजधानी सम्बन्धित प्रदेशसभाले नै दुई तिहाइ मतले निर्णय गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

Share Now

Leave a comment.