Prakash Adhikari March 21, 2020

 

रोम(इटाली)। इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बितेको २४ घण्टामा ६ सय २७ जनाको मृत्यु भएको छ । इटलीमा कोरोनाको कारण एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै उच्च हो ।

यससँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ। इटलीमा कोरोनाबाट ४७ हजार २१ जना संक्रमित छन् भने तीमध्ये २ हजार ६ सय ५५ जनाको अवस्था गम्भीर छ ।

इटलीको उत्तरी क्षेत्र लाम्बार्डको अवस्था भयावह छ । इटलीमा कोरोनाको पहिलो संक्रमण लाम्बार्डमै पुष्टि भएको थियो ।

कोरोना संक्रमण रोकथाम र बिरामीको उपचारका लागि इटलीमा खटिएका चिनियाँ विशेषज्ञको टोलीले लाम्बार्डमा लगाइएको प्रतिबन्ध कडा र पर्याप्त नभएकोसमेत बताएका छन् ।

संक्रमणको अवस्था भयावह बन्नुको साथै मृत्युदर बढ्दै गएपछि इटली सरकारले अब प्रतिबन्ध कडा गर्न सेनालाई परिचालन गर्ने तयारी गरेको छ । इटलीका राष्ट्रपतिले शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा सेना परिचालनलाई स्वीकार गरिएको बताउनुभएको थियो ।

उहाँले सेना प्रयोग गर्ने अनुरोध स्वीकार गरिएको र तत्काललाई लाम्बार्डमा १सय १४ सेना खटिने छन् । जानकारी दिंदै भन्नुभएको छ, यो संख्या थोरै भए पनि सकारात्मक छ ।’

कोरोना भाइरस संक्रमण सुरुवात स्थल चीनभन्दा पनि अहिले इटाली सबैभन्दा बढी संक्रमण फैलिने मुलुकमा परेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या संसारभर मृत्यु हुनेहरुको संख्या ११ हजार १ सय ७६ पुगेको छ।

Share Now

Leave a comment.